निर्देशक दीपेन्द्र लामाको ‘दुःखी आत्मा’मा दयाहाङ राई

काठमाडौँ, १३ मंसिर । लेखक तथा निर्देशक दीपेन्द्र लामाको निर्देशनमा निर्माण हुन लागेको आगामी फिल्मको शीर्षक ‘दुःखी आत्मा’ राखिएको छ । ‘नाङ्गो गाउँ’ निर्माता कम्पनी क्लक क्रिएसन्स र हिमाल कडरिया निर्माता रहेको फिल्मको शीर्ष भूमिकामा अभिनेता दयाहाङ राई छन् ।

पटकथा लेखन कार्य अन्तिम चरणमा पुगेको यो फिल्ममा दीपेन्द्र र दयाहाङको चौथो सहकार्य हो । यी दुईले सँगै काम गरेको फिल्म ‘नांगो गाउँ’ हालै प्रदर्शनमा आएको थियो । घामपानी र दुई नम्बरीमा पनि उनीहरुले सहकार्य गरे ।

निर्माता कडरियाले निर्देशक लामाकै लेखन र निर्देशनमा एउटा बेनामे र अर्को ‘नाङ्गो गाउँ २’ गरी दुई फिल्म निर्माण गर्ने घोषणा गरेका थिए । अहिले आएर फिल्म नाम ‘दुःखी आत्मा’ तय गरिएको हो । २०८० सालको अन्त्यबाट छायांकन गर्ने जनाइएको यो फिल्मको कास्टिङ र प्राविधिकको चयन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ फागुन । त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको आफ्नो पहिलो खेलमा घरेलु टोली नेपाल पराजित भएको छ । नामिबियाले

काठमाडौँ, १५ फागुन । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा नेपालले नामिबियाको तेस्रो विकेट लिएको

काठमाडौँ, १५ फागुन । आजदेखि सुरु हुने त्रिदेशीय ट्वान्टी–२० क्रिकेट शृंखलामा नेपालले नामिबियासँग खेल्दै प्रतियोगिताको सुरुआत गर्दै छ । शृंखलामा

काठमाडौँ, १३ फागुन । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत घरेलु मैदानमा आयोजित त्रिदेशीय शृंखलाको अन्तिम खेलमा नेदरल्यान्ड्ससँग आठ विकेटले पराजित