बसाइँसराइ रोक्न तीन वटै सरकार सजक हुनु पर्छ : मन्त्री बस्नेत

काठमाडौँ, १२ मंसिर । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले जनसङ्ख्याको बसाइँसराइ रोक्नका लागि तिन वटै सरकार सजक हुनु पर्ने बताएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अन्तर्राष्ट्रिय आप्रवासन संगठनको सहयोगमा मंगलबार राजधानीमा आयोजना गरेको जनसङ्ख्या र बसाइसराइ व्यवस्थापनको सबलीकरण सम्बन्धी परिसंवाद कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री बस्नेतले विकासको न्यायोचित वितरण नभएका कारण बसाइसराइको चाप सहरी क्षेत्र र तराईमा बढेको र पहाडको घटेको बताउँदै बेलैमा व्यवस्थापन गर्न नसकिए त्यसले समस्या निम्ताउने बताएका हुन् । 

उनले भने, ‘बसाइँसराइ व्यवस्थापन  गर्ने काम राज्यको कुनै एक निकायको प्रयासले मात्र सम्भव छैन । यसमा राज्यका तिन वटै सरकारको सहकार्य आवश्यक छ । जनसङ्ख्या व्यवस्थापन बहु सरोकारवाला मुद्दा हो । यसको समाधान सहकार्यका माध्यमबाट गर्नु पर्छ ।’

हिमाल र पहाडबाट जनसङ्ख्या सहरी क्षेत्रमा बसाइसराइ बढ्दै जाने र सहरी क्षेत्रमा जनसङ्ख्याको चाप थेग्नै नसकिने गरी बढ्नु भविष्यका लागि समेत चिन्ताको विषय भएकोले यसको समाधानमा अहिले देखि नै सरोकारवाला लाग्नु पर्नेमा मन्त्री बस्नेतको जोड थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ जेठ । राजस्व परामर्श समितिले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल समक्ष प्रतिवेदन पेश गरेको छ । आज अर्थ

काठमाडौँ, १ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेको चिनियाँ जनकङ्ग्रेसको स्थायी समितिका उपाध्यक्ष सिआओ ची नेतृत्वको प्रतिनिधिमण्डलले

काठमाडौँ, १ जेठ । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले आर्थिक वर्षको बजेट सङ्घीय संसद्मा पेस गर्ने दिन परिवर्तन गर्न माग

काठमाडौँ, १ जेठ । आज बजारमा सुन चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ३५