राजेश पायलको प्रश्न : अरिजित र रणवीरको जस्तो क्रियाकलापमा हामीले माफी पाउथ्यौँ कि नाइँ ?

काठमाडौँ, १२ मंसिर । भारतीय गायक अरिजित सिंहले नेपाली झन्डा ओढेर नेपालमा गीत गाएको सन्दर्भलाई लिएर राजेशपायल राईले प्रतिक्रिया दिएका छन् । 

भारतीय कलाकारले नेपाली झन्डा ओढेर गाउँदा भारतमा त्यसको नकारात्मक टिकाटिप्पणी नभएको सन्दर्भ उल्लेख गर्दै राजेशपायलले नेपाली कलाकारले त्यसो गरेको भए के हुन्थ्यो भन्दै जिज्ञासा राखेका छन् । 

“अरिजित सिंहले नेपाली झन्डा ओढेजसरी अथवा रणवीर कपुरले नेपाली चेलीको खुट्टा छोएर आशीर्वाद मागेजसरी हामी नेपाली कलाकारले त्यसरी नै भारतमा भारतको झन्डा या कुनै पनि देशमा प्रस्तुति दिँदा त्यही देशको झन्डा बोकेको भए हामीले माफी र गाली पाउथ्यौँ कि नाईं ? जिज्ञासा,” उनले सामाजिक सञ्जाल फेसबुकमा लेख्छन् । 

गत शनिबार साँझ अरिजितले काठमाडौंमा भएको सांगीतिक कार्यक्रममा आफ्नो प्रस्तुति दिएका थिए । जसमा उनले नेपालको झन्डा काँधमा आढेर गीत गाएका थिए । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० मंसिर । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कानुन संशोधन गरेर भए पनि लगानीको वातावरण बनाउने बताएका छन् । आज सिद्धार्थ उद्योग

काठमाडौँ, २० मंसिर । मानव तस्करीमा मुछिएका कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई मुद्दा नचलाउने जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँको निर्णयविरुद्ध

काठमाडौँ, २० मंसिर । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले आधुनिक विकास निर्माणलाई नेपालीकरण सहितको दिगो बनाउनुपर्ने आवश्यकता रहेको बताएका

काठमाडौँ, २० मंसिर । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का संयोजक डा. बाबुराम भट्टराईले देशमा रहेका विषयविज्ञ र प्राविधिकहरुको सही सदुपयोग