दुबईमा ८ नेपाली कोठामा बन्दी, उद्धारको हारगुहार

काठमाडौँ, १२ मंसिर । भद्रपुरमा फर्निचर पसल चलाउँथे ३९ वर्षीय अकबर अन्सारी। पारिवारिक समस्याले उनी ऋणमा चुर्लुम्मै डुबे। ऋणको बोझ हटाउन श्रीमतीसहित वैदेशिक रोजगारीमा जाने उनले निधो गरे। अन्सारीले आफू र श्रीमती अफ्रुज खातुनको राहदानी बनाए। फर्निचरको काममा दुवै विदेश जाने सोचमा पुगे। अनि म्यानपावर एजेन्टहरूसँग सम्पर्क गर्न थाले। यसै क्रममा आफूले सञ्चालन गर्दै आएको फर्निचर पसल उनले बन्द गरे।

भद्रपुर–८ स्थित फूलबारी टोलनिवासी अन्सारीको अन्ततः दुबईको भिसा लाग्यो। श्रीमतीको चाहिँ लागेन। अन्सारीलाई काठमाडौंं धुम्बाराहीस्थित सागर रिक्रुटमेन्ट प्रालिले गत असोज २८ गते दुबईस्थित जेबेल अली उडायो। उक्त म्यानपावर कम्पनीले फ्री भिसा, फ्री टिकटको समेत धज्जी उडाउँदै आफूसँग १ लाख ७५ हजार रुपैयाँँ लिएको अन्सारीले बताए।

उनले म्यानपावर कम्पनीसँग गरेको सम्झौताअनुसार उनलाई चाइना स्टेट कन्सट्रक्सन इन्जिनियरिङमा फिनिसिङ कारपेन्टर (फर्निचरको काम) दिने भनिएको  थियो। उक्त कामबापत उनलाई मासिक तलब १ हजार १ सय २० दिरहम (करिब ४० हजार नेपाली रुपैयाँँ) दिने सर्त थियो। अन्सारीसँगै अन्य आठ नेपालीलाई पनि सागर म्यानपावरले सोही कम्पनीमा उही कामका लागि भन्दै दुबई पठाएको छ।

दुबईको जेबेल अली पुगेपछि उनीहरूलाई भिन्न काममा लगाइयो। फिनिसिङ कार्पेन्टर भनेर दुबई लगिएकोमा त्यहाँको चाइना स्टेट कन्सट्रक्सन इन्जिनियरिङले उनीहरूलाई बेल्चा हान्ने लेबरको काम लगायो। यसरी लेबरको काममा लगाएर उनीहरूलाई बिचल्लीमा पारियो। काम फरक परेको भन्दै उनीहरूले सागर म्यानपावरका प्रतिनिधिहरूलाई तत्काल जानकारी गराए। तर, उनीहरूले यस विषयमा खासै चासो देखाएनन्। यो समाचार अन्नपूर्ण पोस्टमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असाेज । सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाले नेपालले डिजिटल रूपान्तरणलाई प्रविधिको विस्तार, सरकारी सेवाको आधुनिकीकरण र कार्यक्षमता अभिवृद्धिमा

काठमाडौँ, ४ असाेज । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले ‘राइट टु रिकल’ कार्यान्वयन गर्ने विषयमा छलफल गरेको छ । आज केन्द्रीय कार्यालय वनस्थलीमा

काठमाडौँ, ४ असाेज । जलवायु तथा वातावरणसम्बन्धी कूटनीतिक प्रयासलाई थप संस्थागत र प्रभावकारी बनाउने उद्देश्यले परराष्ट्र मन्त्रालयले पहिलोपटक वातावरण कूटनीति शाखा

काठमाडौँ, ४ असाेज । राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले दाहाललाई मोरङको सुन्दरहरौचाबाट साइबर