घरबार नभएका पनि उमेदवार बन्न पाउँछन्, खर्च पार्टीले बेहोर्छ : महामन्त्री थापा

काठमाडौँ, ११ मंसिर । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले निर्वाचनमा उमेदवार बनाउने परिपाटी बदल्नुपर्ने बताएका छन् । आज नवलपुर जिल्ला सम्मेलनमा उनले उमेदवार जुन तहको निर्वाचन हो सोही क्षेत्रका सदस्यले छान्न पाउनुपर्ने बताए ।

माथिका नेताहरूले वडा सदस्यको टिकट दिने अवस्थाको अन्त्य गर्नुपर्ने उनको भनाइ छ । थापाले चुनावमा उमेदवारको खर्च पार्टीले बेहोर्नुपर्ने बताए । घरबार नभएकाले पनि चुनावमा लड्ने अवस्था निर्माण गरिने उनको भनाइ छ ।

“यति कुरा बदलौं । तपाईंले उमेदवार छानेपछि अब चुनावको खर्च सिंगो पार्टीले बेहोर्छ । उमेदवारले एक रुपैयाँ खर्च गर्नुपर्दैन । त्यसो गरेपछि अब हुनेखाने मात्रै होइन । घरबार नभएको मान्छे पनि कांग्रेसबाट उमेदवार बन्न सक्दछ,” उनी भन्छन्, “यो पार्टी सबैको पार्टी हो नि । कमजोर पार्टीको मान्छेले पनि उमेदवार बन्न पाउनुपर्‍यो नि ।”

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० जेठ । गृह मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको ‘सेटिङ’ घटनासँग आफ्नो नेतृत्व (गृहमन्त्री रमेश लेखक)को कुनै संलग्नता

काठमाडौँ, १० जेठ । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले देशमा केही भएन भनेर भ्रम छर्नेकुरा फेसन जस्तो भएको बताएका

काठमाडौँ, १० जेठ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारको कामलाई लयमा अघि बढाउने गरी वास्तविक धरातलमा आधारित बजेट

काठमाडौँ, १० जेठ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गृहमन्त्री रमेश लेखकलाई नैतिकताको आधारमा राजीनामा दिन आग्रह गरेका छन्