फिल्म ‘यो मन त मेरो नेपाली हो’लाई पूर्वराजाद्वारा शुभकामना

काठमाडौँ, ११ मंसिर । सोमबारदेखि छायांकन सुरु भएको फिल्म ‘यो मन त मेरो नेपाली हो’लाई पूर्वराजा ज्ञानेन्द्र शाहले शुभकामना दिएका छन् ।

दमकको पशुपतिनाथ मन्दिरमा शुभसाइत पूजासँगै फिल्मको छायांकन सुरु भएको हो । पूर्वराजाले फिल्म सफलताको शुभकामना दिएको निर्देशक मित्र प्रधानले बताए । यो फिल्मले विदेशमा रहेका नेपालीको कथावस्तु पेश गर्दैछ । फिल्ममा विल्सनविक्रम राई, बुद्धि तामाङ, रोशन श्रेष्ठ, विजय बराल, आयुषा समाल, सञ्जीत भण्डारी, मेघ सुवेदी, नारायण खातीको अभिनय हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ फागुन । निकोल लोफ्टी इटनको विश्व कीर्तिमानी शतकसँगै नामिबियाले त्रिकोणात्मक टी–२० सिरिजमा नेपाललाई २०७ रनको लक्ष्य दिएको छ

काठमाडौँ, १५ फागुन । आजदेखि सुरु हुने त्रिदेशीय ट्वान्टी–२० क्रिकेट शृंखलामा नेपालले नामिबियासँग खेल्दै प्रतियोगिताको सुरुआत गर्दै छ । शृंखलामा

काठमाडौँ, १३ फागुन । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत घरेलु मैदानमा आयोजित त्रिदेशीय शृंखलाको अन्तिम खेलमा नेदरल्यान्ड्ससँग आठ विकेटले पराजित

काठमाडौँ, ११ फागुन । केपी ओली कप फुटबल प्रतियोगितामा आजदेखि सुरू हुँदैछ । प्रतियोगिताको उदघाटन खेलमा आयोजक केपी ओली एफसी