राजसंस्था र हिन्दुराष्ट्र स्थापनाका लागि वृहत् राष्ट्रिय मोर्चा बनाउन राप्रपा नेपालको आह्वान

काठमाडौँ, ११ मंसिर । राप्रपा नेपालले राजसंस्था र हिन्दु राष्ट्र स्थापना तथा सङ्घीयता खारेजीका लागि  वृहत् राष्ट्रिय मोर्चा निर्माण वर्तमान समयको आवश्यकता रहेको ठहर गरेको छ । अध्यक्ष कमल थापाको अध्यक्षतामा बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले साे ठहर गरेको हाे ।

बैठकले सङ्घीय गणतन्त्रको नाउँमा कायम भ्रष्ट व्यवस्थाको अन्त्य चाहने, संवैधानिक राजसंस्था र हिन्दु राष्ट्र स्थापना गर्न चाहने, सङ्घीयता खारेज गर्न चाहने, सुशासन र समृद्धि चाहने सबै एकताबद्ध हुनुपर्छ भन्ने समयको माग र जनताको चाहना रहेको बताउँदै वृहत् राष्ट्रिय मोर्चा निर्माण गर्न सम्पूर्ण राष्ट्रवादी, देशभक्त र प्रजातन्त्रवादी दल र समूहलाई आह्वान गरेको हो । ’समान विचारधारा भएकाहरू छरिएर होइन, जुटेर काम गर्‍यो भने देशमा सकारात्मक परिवर्तन सम्भव छ । अहिले नेतृत्व वा समूहगत स्वार्थका निम्ति झगडा गर्ने बेला होइन । सामूहिक नेतृत्व र सबैको ससम्मान सहभागिताको आधारमा मोर्चा निर्माण गरौँ, तथा जनआन्दोलनको दबाबमा परिवर्तन सुनिश्चित गरौँ भन्ने राप्रपा नेपाल सबैमा आग्रह गर्दछ,’ पार्टीले भनेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ जेठ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले  जनाएको छ

काठमाडौँ, ५ जेठ । आज २०८२ साल जेठ ५ गते सोमबारको राशिफल ।   मेष : भाग्यको उदय हुने दिन छ। खर्च

काठमाडौँ, ४ जेठ । काठमाडौँबाट ७ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका–८ जयबागेश्वरीस्थित एक घरमा जुवातास खेलिरहेको

काठमाडौँ, ४ जेठ । स्याउको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार  आज स्याउको मूल्यमा