दिल्लीमा वायु प्रदूषण तीन गुणाले बढ्यो

एजेन्सी, ११ मंसिर । भारतको राजधानी नयाँ दिल्लीमा वायु प्रदूषण तीन गुणाले बढेको छ । दिल्लीका धेरैजसो ठाउँमा तुवाँलो लागेको छ ।

वायु प्रदूषण र चिसो दुवैको मारमा त्यहाँका नागरिक परेका छन् । भारतको केन्द्रीय प्रदूषण नियन्त्रण बोर्डका अनुसार दिल्लीमा हावाको गुणस्तर निकै कमजोर छ ।

बिहान त्यहाँको वायु प्रदूषण मापन सूचक एक्यूआई ४५० भन्दा माथि पुगेको बोर्डलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् । एक्यूआई तीन सयदेखि ४ सयको बीचमा पुग्नु वायुको गुणस्तर निकै खराब स्थितिमा रहेको भन्ने बुझिने बोर्डले जनाएको छ ।  

विश्व स्वास्थ्य सङ्गठनले वायु प्रदूषण मापन सूचक एक्यूआई चार सयभन्दा माथि जाँदा मानव स्वास्थ्यका लागि खतरनाक हुने उल्लेख गरेको छ । दिल्लीका नागरिक पछिल्लो एक महिनादेखि वायु प्रदूषणको कहरमा छन् । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

मेक्सिको सिटी, ४ जेठ । मेक्सिकोका सुरक्षा सल्लाहकार सेजर गुजम्यानको गोली हानी हत्या गरिएको छ । एउटा रेस्टुरेन्टमा उनीमाथि आक्रमण

एजेन्सी, ४ जेठ । अमेरिकाको दुई राज्यहरूमा आँधीका कारण कम्तीमा २५ जनाको मृत्यु भएको र दर्जनौं घाइते भएको बीबीसीले जनाएको छ

एजेन्सी, ३ जेठ । अमेरिकाको सर्वोच्च अदालतले युद्धकालमा प्रयोग भएको १८ औं शताब्दीको कानून ब्यूँताएर आप्रवासीहरूलाई निर्वासनमा पठाउने राष्ट्रपति डोनाल्ड ट्रम्पको

एजेन्सी, ३ जेठ । उत्तर–पूर्वी युक्रेनमा यात्रुवाहक बसमा गरिएको रुसी ड्रोन आक्रमणमा नौ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन्