विद्यार्थीहरू पुस्तकविहीन

काठमाडौँ, ११ मंसिर । गत कार्तिक १७ गतेको भूकम्पले झण्डै १५ हजार सेट पाठ्यपुस्तक पुरिएपछि पश्चिम रूकुम र जाजरकोटका १३ स्थानीय तहका विद्यालयमा अध्ययन गरिरहेका विद्यार्थीहरू पुस्तकविहीन हुन पुगेका छन् । विद्यालय भत्किएर त्रिपालमुनि पढाउन बाध्य ती विद्यालयहरूलाई १४ हजार ६ सय ५ सेट पाठ्यपुस्तक आवश्यक पर्नेभएको छ ।

कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको सहयोगमा शिक्षा तथा मानव स्रोत विकास केन्द्रले तयार पारेको तथ्याङ्कअनुसार कक्षा १ देखि १० सम्मका विद्यार्थीलाई उक्त संख्यामा पाठ्यपुस्तक आवश्यक देखिएको हो । ती पुस्तक कार्तिक १७ गते गएको भूकम्पले पुरिएका हुन् ।

केन्द्रले उपलब्ध गराएको तथ्याङ्कअनुसार रूकुम पश्चिमको ६ र जाजरकोटको ७ स्थानीय तहमा पाठ्यपुस्तक पुग्न सकेको छैन । रूकुम पश्चिमको आठबिसकोट, सानीभेरी, त्रिवेणी, चौरजहारी र बाफीकोटको स्थानीय तहका विद्यालयमा पाठ्यपुस्तक पुग्न नसकेको हो । त्यसै गरी जाजरकोटको जुनिचाँदे, कुशे, नलगाड, छेडागाड, शिवालय, भेरी र बारेकोट स्थानीय तहमा पुस्तक पुग्न सकेको छैन ।

तथ्याङ्कअनुसार ती स्थानीय तहमा कक्षा १ को १ हजार ९ सय १३, कक्षा २ मा १ हजार ७ सय ४९, कक्षा ३ मा १ हजार ७ सय ११, कक्षा ४ मा १ हजार ५ सय ४७, कक्षा ५ मा १ हजार ५ सय ६१, कक्षा ६ मा १ हजार ३ सय २९, कक्षा ७ मा १ हजार २ सय ८३, कक्षा ८ मा १ हजार १ सय ८७, कक्षा ९ मा १ हजार ४ सय २१ र कक्षा १० कक्षामा ९ सय ४ सेट पाठ्यपुस्तकको आवश्यक्ता छ ।

कर्णाली प्रदेशका सामाजिक विकास मन्त्रालयका सचिव डा. भोजराज काफ्लेले आवश्यकपर्ने पुस्तक खरिद गर्न रकम अभाव भएका कारण विद्यार्थीको हातमा पाठ्यपुस्तक पुस्तक पुग्न नसकेको बताए । सानो कक्षामा बढी पुस्तक आवश्यक पर्ने देखिएको जानकारी दिँदै उनले विद्यालयका प्रधान अध्यापकहरूले स्थानीय तहमा पुगेर रकम निकासा माग गरी पाठ्यपुस्तक खरिद गरे समस्या नहुने बताए । उनले भने, ‘सबै स्टेसनरीमा पाठ्यपुस्तक छ, विद्यार्थीसँग पैसा छैन । प्रधान अध्यापकहरूले पहल नगेसम्म पुस्तक पाउन कठिन हुनेछ ।’यो समाचार नेपाल समाचारपत्रसँग  दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

मेक्सिको सिटी, ४ जेठ । मेक्सिकोका सुरक्षा सल्लाहकार सेजर गुजम्यानको गोली हानी हत्या गरिएको छ । एउटा रेस्टुरेन्टमा उनीमाथि आक्रमण

एजेन्सी, ४ जेठ । अमेरिकाको दुई राज्यहरूमा आँधीका कारण कम्तीमा २५ जनाको मृत्यु भएको र दर्जनौं घाइते भएको बीबीसीले जनाएको छ

एजेन्सी, ३ जेठ । अमेरिकाको सर्वोच्च अदालतले युद्धकालमा प्रयोग भएको १८ औं शताब्दीको कानून ब्यूँताएर आप्रवासीहरूलाई निर्वासनमा पठाउने राष्ट्रपति डोनाल्ड ट्रम्पको

एजेन्सी, ३ जेठ । उत्तर–पूर्वी युक्रेनमा यात्रुवाहक बसमा गरिएको रुसी ड्रोन आक्रमणमा नौ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन्