दक्षिण कोरियाका गुप्तचर प्रमुखद्वारा राजीनामा

सोल, १० मंसिर । छिमेकी उत्तर कोरियाको आणविक हतियार र मिसाइल कार्यक्रमलाई लिएर तनाव बढ्न थालेपछि दक्षिण कोरियाको गुप्तचर एजेन्सीका प्रमुखले आइतबार पदबाट राजीनामा दिएको योन्हाप समाचार एजेन्सीले जनाएको छ ।

राष्ट्रपति युन सुक येओलले राष्ट्रिय गुप्तचर सेवा (एनआईएस)का निर्देशक किम क्यु–ह्युनको राजीनामा स्वीकार गरेको योन्हापले कुनै विवरण उल्लेख नगरी जनाएको छ । एनआईएसका अरू दुई वरिष्ठ अधिकारीले पनि राजीनामा दिएका छन् ।

स्थानीय मिडिया रिपोर्टका अनुसार यो वर्षको जुनदेखि गुप्तचर एजेन्सीमा चलिरहेका कर्मचारी व्यवस्थापनका मुद्दासँग ती राजीनामा जोडिएको देखिन्छ । उत्तर कोरियाले उसको हतियार कार्यक्रमको विकासमा तीव्रता दिइरहेको र यसै साताको सुरुमा उसले आफ्नो पहिलो सैन्य उपग्रह सफलतापूर्वक अन्तरिक्षकक्षमा स्थापना गरेपछि यो परिवर्तन आएको हो । पूर्वउपराष्ट्रिय सुरक्षा सल्लाहकार तथा करियर कूटनीतिज्ञ किम क्यु–ह्युनलाई युनको चुनावी विजयपछि सन् २०२२ मेमा गुप्तचर प्रमुखमा नियुक्त गरिएको थियो ।

योन्हापका अनुसार किमले युनको प्रशासन सम्हालेपछिको अवधिमा ‘मुलुकको शीर्ष सुरक्षा तथा गुप्तचर एजेन्सीका रूपमा एनआईएसको प्रतिष्ठालाई पुनः स्थापित गर्न’ काम गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । रासस/एएफपी

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

मेक्सिको सिटी, ४ जेठ । मेक्सिकोका सुरक्षा सल्लाहकार सेजर गुजम्यानको गोली हानी हत्या गरिएको छ । एउटा रेस्टुरेन्टमा उनीमाथि आक्रमण

एजेन्सी, ४ जेठ । अमेरिकाको दुई राज्यहरूमा आँधीका कारण कम्तीमा २५ जनाको मृत्यु भएको र दर्जनौं घाइते भएको बीबीसीले जनाएको छ

एजेन्सी, ३ जेठ । अमेरिकाको सर्वोच्च अदालतले युद्धकालमा प्रयोग भएको १८ औं शताब्दीको कानून ब्यूँताएर आप्रवासीहरूलाई निर्वासनमा पठाउने राष्ट्रपति डोनाल्ड ट्रम्पको

एजेन्सी, ३ जेठ । उत्तर–पूर्वी युक्रेनमा यात्रुवाहक बसमा गरिएको रुसी ड्रोन आक्रमणमा नौ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन्