नयाँ दिल्ली, १० मंसिर । हिन्दी सिनेमाका सुपरस्टार अभिताभ बच्चनले जुहुस्थित बंगला ‘प्रतीक्षा’ आफ्नी छोरी श्वेता नन्दाको नाममा गरिदिएका छन् । समाचारहरूका अनुसार १६ हजार ८४० वर्ग फिटमा फैलिएको सो भवनको मूल्य ५० करोड ६३ लाख भारु छ । बिग बिसँग मुम्बईमा प्रतीक्षाबाहेक अरू चार वटा बंगला पनि छन् ।
बलिउडमा संघर्षका दिनमा अमिताभ कमेडियन महमूदका घरमा बस्थे । त्यति बेला उनीसँग बस्नका लागि घर थिएन । आज उनै बिग बि प्रतीक्षा, जलसा, जनक, वत्स र आशियाना गरी ५ बंगलाका मालिक बनेका छन् ।
अभिताभले सुरुमा किनेको बंगला हो प्रतीक्षा । उनले सन् १९७५ मा ८ लाख भारुमा सो भवन किनेका थिए । वर्षौँसम्म उनी यही घरमा बसे । ऐश्वर्य र अभिषेकको बिहे पनि सोही घरबाट भएको थियो ।