काठमाडौँ, ९ मंसिर । नेकपा एमालेको पोलिटव्युरो सदस्य था पूर्वमन्त्री महेश बस्नेतले १६ जना सामाजिक सञ्जाल प्रयोगकर्ताविरुद्ध साईवर व्युरोमा उजुरी दिनुभएको छ ।
सामाजिक सञ्जालको दुरुपयोग गरी आफ्नोविरुद्ध भ्रामक, गलत मनसाय तथा नियोजित रुपमा षड्यन्त्रमूलक तरिकाले प्रचार गरेको भन्दै उहाँले शुक्रवार साईवर व्युरोमा उजुरी दिनुभएको हो । आफ्नो व्यक्तिगत तथा सामाजिक रुपमा चरित्र हत्या गर्ने गलत मनसायका साथ विभिन्न फेसबुक तथा अन्य आइडीहरुबाट धाकधम्कीसमेत दिएकोले साईवर व्युरोमा उजुरी दिइएको नेता बस्नेतले जानकारी दिनुभएको छ ।
नेता बस्नेतको स्वकीय सचिव दिनेस थापाले दिनुभएको उजुरीमा भनिएको छ, ‘महेश बस्नेतको चरित्र हत्या गर्ने, मानहानी गर्ने मनसायले विभिन्न व्यक्तिहरुको आइडीहरुबाट अस्लिल किसिमको भिडियो पोष्ट गर्दै गालीगलोचसमेत गरी सार्वजनिक नैतिक शिष्टाचारको विरुद्ध हुने खालका कमेण्ट सेयर गरी निम्न उल्लेखित लिङ्क भएका आइडीहरुबाट विद्युतीय र इलोक्ट्रोनिक्स कारोवार ऐन २०६३ को दफा ४७ बमोजिमको कसुर गरेकोले हदैसम्मको कारवाही माग गर्दछु ।’
उजुरी दिइएका १६ जनाहरुको लिङ्क
