एक दिने भ्याट अभिमुखिकरण तालिम सम्पन्न

काठमाडौँँ, ८ मंसिर । एक दिने मुल्य अभिवृद्धि कर (भ्याट) अभिमुखिकरण कार्यक्रम भव्य रुपमा सम्पन्न गरिएको छ ।

बुधवार सोट्टो नेपाल, आन्तरिक राजस्व विभाग र सेवर ट्राभल नेटवर्क नेपालको सहकार्यमा भएको १ दिने भ्यााट अभिमुखिकरण तालिम सम्पन्न गरिएको हो । करिब १५० भन्दा बढी ट्राभल व्यावसायीको सहभागीता रहेको थियो । कार्यक्रमममा आगामी दिनमा पनि हवाई यातायातमा भ्याट सम्बन्धित अस्पष्ट कुराको सहजीकरणको लागि तालिम गोष्ठीको आयोजना गर्ने तथा आन्तरिक राजस्व विभागलाई हाम्रा जाहेज समस्या समाधानका लागि हरपल उत्तरदायी बनाउन प्रयत्न गरिने प्रतिबद्धता जनाइएको छ ।

हवाई टिकेटमा भ्याट अत्यन्त नयाँँ विषय र कार्यान्बयनमा आएका कठिनाईका विषयमा ब्यवसायीहरु दुवारा आन्तरिक राजस्व विभाग समक्ष्य छलफल गरिएको थियो । सोट्टो नेपाल लगायत अन्य संस्थाहरुले यस विषयमा सम्बन्धित निकायमा ध्यानाकर्षण गर्दै आएको थियो । विश्व बजारमा यो नयाँ अभ्यास, अन्य ट्याक्स (कर) उठाए पनि नेपालमा भने सरकारले भ्याट भनेर नियम ल्याउँद यसको कार्यन्बयनमा सरकारलाई ठुलो चुनौती आइपरेको बताइएको छ ।

स्वदेशीभन्दा विदेशी हवाई कम्पनी बढी हुनु, विभिन्न अनलाइन कम्पनीबाट विश्व बजारमा टिकट बिक्रि भईराखेको तर नेपाल सरकारले कहाँबाट कसरि भ्याट उठाउने भन्ने विषय अहिले फलामको चिउरा जस्तै बनेको छ । उपस्थित ब्यवसायीका अनुसार भ्याट अन्तिम मुल्यमा लाग्ने भएता पनि हवाई कम्पनी अनुसार फरक फरक तरिकाले लगाइएको हुदा ब्यवसायीहरुमा अन्योलता छाएको बताइएको छ । यसमा सरकारको खासै गृहकार्य नभएको गुनासो व्यक्त गरिएको थियो ।

यी समस्या हरुने आउने र कार्यान्वयनका विषयमा सरकारलाई चुनौती आउने अग्रिम जानकारी गराउँदा सरकार पक्ष्यले एकलौटी निर्णय गरेको हुँदा आज यो समस्या झेल्नु परेको ब्यवसायीहरुको भनाइ छ । उक्त विषयमा ब्यवसायीद्वारा सर्बोच अदालतबाट अन्तरिम आदेश लिएता पनि सो अवधी सकिएको र अहिलेले मुद्दा विचाराधीन अवस्थामा रहेको छ ।

सोट्टो नेपालका अधक्ष्य भूबनबहादुर पाण्डेका अनुसार भ्याट लागु पश्चात यो पहिलो अन्तरक्रिया भएकाले आज ब्यवसायीका धेरै अन्योलताका विषयमा जानकारी राख्ने अवसर मिलेको छ । चाँडो भन्दा चाडो हवाई कम्पनीसँग छलफल गरि टी६ (भ्याट एमाउन्ट)का बारेमा एकरुपता ल्याउन पहल गरिएको जानकारी गराउँदै उहाँले सम्पूर्ण उपस्थित ब्यवसायीबाट आएका समस्या तथा जिज्ञासालाई सोट्टो नेपालले लिखित रूपमा आन्तरिक राजस्व विभाग समक्ष्य बुझाउने प्रतिवद्धता जनाउनुभयो । सोट्टो नेपालले फेरि पनि आन्तरिक राजस्व विभागको सहकार्यमा चाडै यस्ता प्रकारको अर्को पनि अभिमुखिकरण तालिम आयोजना गर्ने बताइएको छ ।

कार्यक्रममा आन्तरिक राजस्व विभागका विशिष्ट कर्मचारी, कर कार्यालय ठमेलका विशिष्ट कर्मचारी, सेवर नेपाल परिवार, सोट्टो नेपालका क्रियाशिल सदस्यहरु तथा पत्रकारहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ साउन । प्रशान्त महासागरको मध्यभागमा अवस्थित टापु राष्ट्र किरीबाससँग नेपालले कूटनीतिक सम्बन्ध कायम गरेको छ ।   न्युयोर्कस्थित

काठमाडौँ, ३ साउन । गएका दुई वर्ष कर्जा विस्तारमा निर्मम बनेको राष्ट्र बैंकले यस वर्ष भने तुलनात्मक रूपमा खुकुलो नीति

काठमाडौँ, ३ साउन । वाग्मती र आसपासका खोलानालालाई प्रदूषणरहित बनाउन उपत्यकामा घर बनाउँदा अब ‘सेप्टिक ट्यांक’ अनिवार्य गरिएको छ । सर्वोच्च

काठमाडौँ, २ साउन । निष्पक्ष, पारदर्शी र व्यावसायिक भएर काम गर्न गृहमन्त्री रमेश लेखकले प्रहरीलाई निर्देशन दिएका छन् । आज प्रहरी प्रधान