जसपाको मोरङ जिल्ला समिति पुनर्गठन

मोरङ, ८ मंसिर । जनता समाजवादी पार्टी (जसपा) नेपालको मोरङ जिल्ला समिति पुनर्गठन भएको छ ।

बिहीबार जिल्ला पार्टी कार्यालयमा आयोजित कार्यक्रमबाट राजकुमार यादवको अध्यक्षतामा ५७ सदस्यीय समिति पुनर्गठन गरिएको हो । समितिको उपाध्यक्षमा महेश्वर यादव, मन्तलाल यादव सचिवमा रछामी किराती उपसचिव दिनेश साह, विनोद सिंह गनगाईं र कोषाध्यक्षमा बिनिता सिंह चयन भएका छन् ।

पार्टीका राजनीतिक समिति सदस्य एवम् कोसी प्रदेश समितिका सह इन्चार्ज रामविलास यादवको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको विशेष अतिथिको रुपमा राजनीतिक समिति सदस्य जयराम यादव, अञ्जु खड्का, सुरेश सिंह गनगाईं रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ साउन । प्रशान्त महासागरको मध्यभागमा अवस्थित टापु राष्ट्र किरीबाससँग नेपालले कूटनीतिक सम्बन्ध कायम गरेको छ ।   न्युयोर्कस्थित

काठमाडौँ, ३ साउन । गएका दुई वर्ष कर्जा विस्तारमा निर्मम बनेको राष्ट्र बैंकले यस वर्ष भने तुलनात्मक रूपमा खुकुलो नीति

काठमाडौँ, ३ साउन । वाग्मती र आसपासका खोलानालालाई प्रदूषणरहित बनाउन उपत्यकामा घर बनाउँदा अब ‘सेप्टिक ट्यांक’ अनिवार्य गरिएको छ । सर्वोच्च

काठमाडौँ, २ साउन । निष्पक्ष, पारदर्शी र व्यावसायिक भएर काम गर्न गृहमन्त्री रमेश लेखकले प्रहरीलाई निर्देशन दिएका छन् । आज प्रहरी प्रधान