मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक

काठमाडौँ, ७ मंसिर । पाँचवटा निर्णय गर्दै बिहीबार बसेको मन्त्रिपरिषद्को बैठक सकिएको छ ।

बैठकले विद्युतीय सुशासन आयोगको सदस्यमा कञ्चनपुर निवासी पूर्णबहादुर कुँवरलाई नियुक्त गर्ने निर्णय गरेको छ । विधिक शिक्षाको क्षेत्रमा स्वीजरल्याण्ड सरकारले प्रदान गर्ने स्वीस फ्रेंक ४.४६५ मिलियन (करिव ६५ करोड) अनुदान स्वीकृत गर्ने निर्णय बैठकले गरेको छ । 

सुन तस्करी जाँच बुझ गर्न गठन भएको आयोगमा थप चार जना कर्मचारी थप्ने प्रस्तावलाई मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ । जसमा राजपत्रांकित द्धितीय श्रेणीको कर्मचारी, सरकारी वकिल, राजपत्रांकित द्धितीय श्रेणीको उपसचिव (राजश्व), प्रहरी नायव उपरीक्षक र राजपत्रांकित तृतीय श्रेणीको डाटा एनाइलाइटिस्ट थप हुने भएका छन् ।

मन्त्रिपरिषद्ले उर्जा सचिव दिनेशकुमार घिमिरेले दिएको राजीनामा स्वीकृत गर्ने  निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ साउन । प्रशान्त महासागरको मध्यभागमा अवस्थित टापु राष्ट्र किरीबाससँग नेपालले कूटनीतिक सम्बन्ध कायम गरेको छ ।   न्युयोर्कस्थित

काठमाडौँ, ३ साउन । गएका दुई वर्ष कर्जा विस्तारमा निर्मम बनेको राष्ट्र बैंकले यस वर्ष भने तुलनात्मक रूपमा खुकुलो नीति

काठमाडौँ, ३ साउन । वाग्मती र आसपासका खोलानालालाई प्रदूषणरहित बनाउन उपत्यकामा घर बनाउँदा अब ‘सेप्टिक ट्यांक’ अनिवार्य गरिएको छ । सर्वोच्च

काठमाडौँ, २ साउन । निष्पक्ष, पारदर्शी र व्यावसायिक भएर काम गर्न गृहमन्त्री रमेश लेखकले प्रहरीलाई निर्देशन दिएका छन् । आज प्रहरी प्रधान