सरकारविरूद्ध युवा-विद्यार्थीकाे आन्दाेलन : महेश बस्नेतको गृह जिल्लाबाट १०औं हजारकाे उपस्थितिमा र्याली (फाेटाेफिचर)

काठमाडौँ, ७ मंसिर । नेकपा (एमाले) का प्रभावशाली नेता महेश बस्नेतको गृह जिल्लाबाट युवा–विद्यार्थीको नेतृत्वमा १०औं हजारकाे बाइक र्याली सहित कार्यक्रम स्थल काठमाडौँ तिनकुने प्रस्थान गरेको छ । 

काठमाडौँको तीनकुनेमा हुने कार्यक्रमलाई भव्य रुपमा सफल बनाउनका लागि नेकपा एमाले निकट युवा–विद्यार्थीले भ्रष्टाचार, अपराध लगायतका बेथितिविरुद्ध विरोध प्रदर्शन गर्दै कार्यक्रम स्थल तिनकुने प्रस्थान गरेका हुन । 

विरोध प्रदर्शनलाई लक्षित गरेर बिहानैदेखि सुरक्षा व्यवस्था कडा पारिएको छ । सहभागीहरुले भ्रष्टाचार, अपराध लगायतका बेथितिविरुद्ध नारा लेखिएका प्लेकार्डहरु बोकेका छन् ।

नेकपा एमाले निकट युवा–विद्यार्थीले काठमाडौँको तीनकुनेमा प्रदर्शन आयोजना गरेको छ । प्रदर्शनको सुरक्षाका लागि उपत्यका प्रहरी कार्यालयले एकीकृत सुरक्षा योजना बनाएर लागु गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले यही साउन ६ गते आइतबार प्रतिनिधिसभाबाट विश्वासको मत लिने भएका छन् । स्रोतका

काठमाडौँ, २ साउन । मधेस प्रदेश सरकारले गत असार २८ गते त्रिशूली नदीमा बस दुर्घटनामा परेका मधेस प्रदेशका मृतकका परिवारलाई

काठमाडौँ, २ साउन । प्रधानमन्त्री केपी शर्मा ओली र अमेरिकी राजदूत डीन आर थोमसनबीच शिष्टाचार भेटवार्ता भएको छ । आज

काठमाडौँ, २ साउन । गत असार २८ गते चितवनको सिमलतालमा पहिरोसँगै बगेर त्रिशूली नदीमा दुई बस खसेर यात्रु बेपत्ता भएका