मंसिर ७ को पूर्वसन्ध्या: भक्तपुरका मुख्य चार चोकमा मसाल जुलुस

भक्तपुर, ६ मंसिर । नेकपा (एमाले)को भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल अनेरास्ववियुको संयुक्त आयोजनामा भोली हुने बृहत विरोध प्रदर्शनको तयारी स्वरुप भक्तपुरमा मुख्य चार वटा चोकमा मसाल जुलुस निकालिएको छ ।

युवा संघ र अनेरास्ववियुले आयोजना गरेको विशाल प्रदर्शनको पूर्वसन्ध्यामा पार्टी निकट जनवर्गीय संगठहरुको संयुक्त सहभागितामा ससाल जुलुस निकालेर समर्थन जनाएको छ । सूर्यविनायक नगरपालिकाको सूर्यविनायक चोक, मध्यपुर थिमी नपाको निकुसेरा चोक, चाँगुनायण नपाको कमलविनायक भत्केको पाटी चोक र भक्तपुर नपाको राम मन्दिर एरियामा मशाल जुलुस निकालिएको हो । नेकपा एमालेको पोलिटव्युरो सदस्य तथा संघका इन्चार्ज महेश बस्नेतको गृहजिल्लामा आज मसाल जुलुश निकाल्दै भोलिका तयारी भब्य रुपमा भइसकेको जानकारी गराइएको छ ।

दुई संगठनले गरेको संयुक्त आन्दोलनले सरकारको काम कारबाहीप्रति असन्तुष्टि जनाउँदै भोलि बिहीबार काठमाडौँको तीनकुनेमा विशाल प्रदर्शनको तयारी गरेको छ । उहीहरुले ‘गणतन्त्र विरोधीहरु मुर्दावाद, दलालहरु खबरदार, दलालहरु होसियार’ लगायतका नारा लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ बैशाख । शिक्षक आन्दोलनमा ऐक्यबद्धता जनाउन नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र वरिष्ठ नेता झलनाथ खनाल आन्दोलनस्थलमा

काठमाडौँ, १५ बैशाख । नेकपा (माओवादी केन्द्र) ले शिक्षकहरूले एक महिनादेखि विभिन्न माग राखेर गरेको आन्दोलनमा ऐक्यबद्धता जनाएको छ ।

काठमाडौँ, १५ बैशाख । नेकपा (एमाले)का सांसद सूर्य थापाले शिक्षामन्त्री रघुजी पन्तलाई शिक्षा विधेयकबारे संसद्‌बाट जानकारी गराउन माग गरेका छन् ।

काठमाडौँ, १५ बैशाख । मन्त्रिपरिषद्को बैठक आज अपराह्न पाँच बजे बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा शिक्षक आन्दोलन, गभर्नर