राष्ट्रिय मानव अधिकार आयोगले मंसिर ७ को जनप्रदर्शनको अनुगमन गर्ने

काठमाडौँ, ६ मंसिर । राष्ट्रिय मानव अधिकार आयोगले मंसिर ७ गते हुने जनप्रदर्शनको अनुगमन गर्ने भएको छ ।

बुधवार स्वतन्त्र कानून व्यवसायी मञ्चद्वारा मंसिर ७ गते व्यवसायी दुर्गा प्रसाईं र महेश बस्नेतको घोषित कार्यक्रममा हुनसक्ने सम्भावित घटनाको निरीक्षण गर्न मानव अधिकार अयाोगलाई बुझाएको ज्ञापन पत्र ग्रहण गरेसँगै मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले यस्तो बताएका हुन् । 

उनले भने, ‘कसैले पनि आफ्नो अधिकार प्रयोग गर्दा अरुको अधिकार हनन गर्नु हुँदैन । त्यो अनुसार हामी अघि बढ्नुपर्छ । अब कुनै किसिमबाट हिंसा भड्किन गयो भने हामी त्यसमा शतर्क छौँ । हुन नदिनेतिर हामी लाग्छौँ । सम्बन्धित निकायलाई आह्वान गर्दछौँ, सम्बन्धित निकायलाई सक्रिय बनाउँछौँ । मानव अधिकार आयोगले गर्नुपर्ने मानव अधिकार संरक्षण, संवद्र्धन, प्रवद्र्धन हामी गर्नेछौँ । जे कुरा पनि शान्तिपूर्ण हुनुपर्छ । हामी टोली भएर अनुगमनमा जानेछौँ । हाम्रो विभाग छ, धेरै ठाउँमा छन् । हामी विभागअन्तर्गत हाम्रो लोगो लगायत लगाएर हामी अनुगमनमा जानेछौँ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ वैशाख । अवकाश प्राप्त निजामती कर्मचारी वा तिनका ‘नजिकका हकदार’ भ्रष्टाचारसहित नैतिक पतन जनिने कसुरमा दोषी ठहर भए

काठमाडौँ, ७ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीसँग ‘मेरो डान्स युनिभर्स’ र ‘मेरो भ्वाइस युनिभर्स’ शृङ्खला–२ का प्रतियोगीहरुले आज भेटघाट

विराटनगर, ७ वैशाख । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्रवादी मिलेरै संविधानसभामार्फत संविधान घोषणा गरे पनि अहिले केही मिल्न नसकेको

काठमाडौँ, ७ वैशाख । अवकाश प्राप्त निजामती कर्मचारी भ्रष्टाचारलगायत नैतिक पतन हुने कसुरमा दोषी ठहर भए पनि पेन्सन सुविधा पाउने