नेता पहारीको चेतावनीः महेश बस्नेतमाथि हिलो छ्याप्नेले ठूलो मुल्य चुकाउनुपर्छ

काठमाडौँ, ५ मंसिर । नेकपा एमालेको केन्द्रीय सदस्य राजिव पहारीले आफ्नो पार्टीको पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतमाथि यो वा त्यो बहानामा भ्रमपूर्ण, अराजक तथा अपराधिक कार्य गर्नेहरुले आगामी दिनमा ठूलो मुल्य चुकाउनुपर्ने चेतावनी दिनुभएको छ ।

एभरेष्ट मिसनसँग कुरा गर्दै नेता पहारीले महेश बस्नेत एमाले र युवा पंतिको नेतामात्र नभई देशको मेरुदण्ड भएको उल्लेख गर्नुभयो । विगत र वर्तमानलाई हेर्ने हो भने महेश बस्नेतले देश र जनताको संकटलाई समाधान गर्न आफ्नो ज्यानलाई समेत खुकुरीको धारमाथि राखेर हिड्नुभएको स्मरण गर्दै नेता पहारीले देश र जनताको भाग्य र भविष्य निर्धारण गर्ने सक्ने नेतामाथि हिलो छ्यापेर आगोसँग खेल्ने प्रयास नगर्न चेतावनी दिनुभयो । महेश बस्नेतमाथि लगाइएका आरोपहरु पानीको फोका जस्तै भएको उल्लेख गर्दै उहाँले भ्रमपूर्ण आरोपहरु पानीको फोका जस्तै फुटेर जाने दावी गर्नुभयो । मेडिकल व्यवसायी दुर्गा प्रसाई तथा केही सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले नेता बस्नेतमाथि झुटा तथा भ्रमपूर्ण आरोपहरु लगाइएको थियो । जुन साईवर व्युरोले समेत प्रमाणित गरिसकेको छ ।

उहाँले भन्नुभयो, ‘महेश बस्नेतको व्यक्तित्व र नेतृत्वलाई हिलो छ्याप्नेहरुले आगामी दिनमा ठूलो मूल्य चुकाउनुपर्नेछ । विगतको जनयुद्धको नाममा गरिएको धनयुद्धकारी माओवादी र तीनको भातृसंगठन वाइसिएललाई ठेगान लगाएर देश, जनता र एमालेलाई संकट परेको समयमा आफ्नो ज्यानलाई खुकुरीको धारमाथि राखेर देश र जनता बचाउन अभियानको नेतृत्व गर्नुभयो । महेश बस्नेतले उक्त कालखण्डमा गर्विलो र दरविलो इतिहास बनाउनुभएको छ, जुन कसैले मेट्न सक्दैन । त्यसैले जब जब देश, जनता र पार्टीलाई समस्या आउँछ त्यो समयमा महेश बस्नेत नै हो निकासको नेतृत्व ।’

देश र जनतालाई संकट परेको बेला कुनै अर्ति उपदेशको अर्थ नरहेको उल्लेख गर्दै नेता पहारीले उग्रवामपन्थी, अतिवादी सोच बोकेको वाईसिएलको ज्यादतीको विरुद्धमा लड्दा समेत महेश बस्नेतमाथि विभिन्न प्रकारका भ्रमपूर्ण आरोपका स्याल हुँइयाहरु लगाईएको स्मरण गर्नुभयो । सोही समुहमा थप हुँदै केही अराजक, व्यवस्था विरोधी तत्वहरुले अहिले पनि नेता बस्नेतमाथि आरोप लगाएको उल्लेख गर्दै नेता पहारीले भ्रष्ट, तस्कर, अपराधिको संरक्षक, कुशासनको नेतृत्वकर्ता गठबन्धन नामको ठगबन्धन सरकारसँग आगामी ७ गतेको युवा विद्यार्थीको आन्दोलन रहेको स्पष्ट पार्नुभयो । नेपाली जनताले सात दशक लडेर ल्याएको गणतन्त्रलाई उल्ट्याउन खोज्ने अराजक तत्वलाई तह लगाउन एमालेले जुनसुकै मुल्य चुकाउन तयार रहेको नेता पहारीले चेतावनी दिनुभयो ।

‘नेपाली जनताले सात दशकसम्म लडेर ल्याएको व्यवस्थालाई कमजोर बनाई राज्यलाई लुट्न पल्केकाहरु व्यवस्थालाई नै कमजोर बनाउन लागेका छन्,’ उहाँले भन्नुभयो, ‘सरकारमै बसेर वर्तमान व्यवस्था उल्ट्याउन गठबन्धन सरकार लागि परिरहेको छ, त्यो सफल हुन एमालेले दिँदैन । दिनदहाडै सरकारकै राज्य आतंक, अपराधिक कार्य तथा गैरसंवैधानिक कार्यहरु हामीले नियालि रहेका छौं । अब हामी त्यस्ता कुकर्म गर्न दिँदैनौं । आवश्यकता अनुसार सदन र सडक दुवै कब्जा गर्छौ । विकृति र विसंगतीको विरुद्धमा एमाले टुलुटुलु हेरेर बस्न सक्दैन, हातमा दही जमाएर बस्दैन । जनताको साथ लिएर अब एमालेले देशैभर फायर खोल्छ । जनमुखी कार्यको लागि एक इन्च पनि पछि पर्दैनौं ।’

सरकारविरुद्ध एमाले निकट राष्ट्रिय युवा संघ नेपाल तथा अनेरास्ववियुले आगामी ७ गते तिनकुनेमा वृहत आन्दोलन गर्दैछ । उक्त आन्दोलनमा कम्तिमा ५० हजार जनताको सहभागिता हुने आयोजकले बताएको छ । आफू लोकप्रिय बन्ने नाममा केही परिचालित वा नियन्त्रित बुद्धिजिवीहरु जो सामराज्यवादीहरुको गुलाम बनेर नेपाललाई समाप्त पार्ने खेलमा लागिरहेको आयोजकले उल्लेख गरेको छ । त्यो समुहले पनि अहिले विभिन्न नाममा नेपालमा अशान्ति मच्याउने हर्कत गरिरहेको दावी गरिएको छ । सामाजिक सञ्जालका अराजकतावादी, उग्रवादीहरुले पनि दुर्गा प्रसाईँलाई उचालेको देखिएको उल्लेख गर्दै यि सारा व्यक्तिहरु लाग्दालाग्दै पनि युवा संघ र अनेरास्ववियुले गर्ने युवा–विद्यार्थी विशेष कार्यक्रमलाई टक्कर दिन नसक्ने बताइएको छ । आन्दोलनको उद्देश्य भनेको सामाजिक न्यायका मुद्धा र जनताका मुद्धाहरुलाई राजनीतिक दलहरुमार्फत प्रकट गराउने र सरकारले गरेका गल्ति कमजोरीलई सच्याउन बाध्य बनाउने त्यो गर्दा पनि सरकार सच्चिएन भने सरकार नै फेर्नेसम्मका आन्दोलन अघि बढाउनुपर्छ भनेर यो आन्दोलनको सुरुवात गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

देश भरिकै एमाले राजनीतिमा एउटा यस्तो बेला थियो बामदेव बर्दिया र एमाले भनेपछि त्यहाँ अर्को अप्सन थिएन । बामदेवको छत्रछायामा

काठमाडौँ, ३० असार । सत्ता साझेदार दल नेकपा एमाले र नेपाली कांग्रेसबीच मन्त्रालय भागबण्डा टुंगो लागेको छ । स्रोतका अनुसार

काठमाडौँ, ३० असार । शिक्षामन्त्री सुमना श्रेष्ठले देश बनाउने महत्त्वपूर्ण भूमिका शिक्षा मन्त्रालयको रहेको बताएकी छन् । आज मन्त्रालयमा आयोजित

काठमाडौँ, ३० असार । नेपाली कांग्रेसको शेखर कोइराला पक्षले केपी ओली नेतृत्वको सरकारमा पार्टीले सहभागिता जनाउँदा आफ्नो पक्षबाट ४ जना