युनिलिभर नेपालद्वारा भूकम्पपीडितका लागि एक करोड रुपैयाँ हस्तान्तरण

काठमाडौँ, ५ मंसिर । युनिलिभर नेपाल लिमिटेडले जाजरकोट र रुकुम जिल्लाका भूकम्पपीडितको पुनर्निर्माण र पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड रुपैयाँ योगदान गरेको छ ।

उक्त चेक कम्पनीका सञ्चालक तथा वरिष्ठ अधिकारीहरूको प्रतिनिधिमण्डलले सम्माननीय प्रधानमन्त्रीलाई हस्तान्तरण गरेका हुन् । यसअघि कम्पनीले भूकम्प गएको भोलिपल्टै प्रभावित जिल्लामा पाल, कम्बल, औषधि, ड्राई फुड, हर्लिक्स, सुप लगायतका तत्काल राहत सामग्री पुर्‍याएको थियो । लिमिटेडले भूकम्पमा परी ज्यान गुमाएका दिवङ्गत आत्माप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ साउन । निष्पक्ष, पारदर्शी र व्यावसायिक भएर काम गर्न गृहमन्त्री रमेश लेखकले प्रहरीलाई निर्देशन दिएका छन् । आज प्रहरी प्रधान

काठमाडौँ, २ साउन । परराष्ट्र मन्त्री डा.आरजु राणा देउवासँग नेपालका लागि चिनियाँ राजदूत चेन सोङले शिष्टाचार भेटवार्ता गरेका छन् ।

काठमाडौँ, २ साउन । मधेस प्रदेश सरकारले गत असार २८ गते त्रिशूली नदीमा बस दुर्घटनामा परेका मधेस प्रदेशका मृतकका परिवारलाई

काठमाडौँ, २ साउन । प्रधानमन्त्री केपी शर्मा ओली र अमेरिकी राजदूत डीन आर थोमसनबीच शिष्टाचार भेटवार्ता भएको छ । आज