‘कार्साङ’मा शिल्पा मास्के अनुबन्धित

काठमाडौँ, ४ मंसिर । फिल्म ‘कार्साङ’मा अभिनेत्री शिल्पा मास्के अनुबन्धित भएकी छन् ।

यम शेर्पाको निर्देशनमा बन्न लागेको फिल्ममा यसअघि दयाहाङ राई, सुरक्षा पन्त, बुद्धि तामाङ र छिरिङ शेर्पा अनुबन्धित भइसकेका छन् ।

मास्के पनि जोडिएपछि तीन अभिनेत्रीले काम गर्ने पक्का छ । यो उनको डेब्यु निर्देशकीय प्रोजेक्ट हुनेछ । फिल्ममा शेर्पाको पटकथा र संवाद छ । यो फिल्मको कथावस्तु शेर्पा समुदायमा आधारित हुनेछ । यार्सा फिल्म्सको ब्यानरमा फिल्म बन्न लागेको हो ।

पुरुषोत्तम प्रधानको छायांकन रहने फिल्मको केही दिनमै बाह्रबिसे नगरपालिका र भोटेकोसी गाउँपालिकाका विभिन्न स्थानमा छायांकन गरिने जनाइएको छ । यो फिल्मलाई अन्तर्राष्ट्रिय बजारमा सेभेन सिज इन्टरटेनमेन्ट कम्पनीले रिलिज गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

कास्की, २० मंसिर । पोखरा महानगरपालिका–१४ नयाँ पुलबाट अवैध लागूऔषध गाँजा १ किलो ५ सय ग्रामसहित सोही महानगरपालिका–१४ समिनतारा बस्ने

काठमाडौँ, २० मंसिर । नेपाल प्रहरीले विदेशमा कमाएको रकम औपचारिक माध्यमबाट पठाएर कानुनी कारबाहीबाट जोगिन वैदेशिक रोजगारीमा रहेका र स्वदेशमा

काठमाडौँ, २० मंसिर । राजधानीको न्यूरोडबाट करिब ७ किलो अवैध सुन बरामद भएको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको

काठमाडौँ, २० मंसिर । औषधि व्यवस्थापन विभाग र नेपाल प्रहरीले अवैधरूपमा औषधि बिक्री गर्ने एक फार्मेसीलाई शिलबन्दी गरेको छ ।