विराटनगर, ४ मंसिर । नेकपा एमाले कोशी प्रदेश समितिमा ११ जना मनोनित भएका छन् । दोस्रो बैठक बसेको १० दिनपछि अन्तर कमिटी निर्देशन–२ मार्फत मनोनितको नाम सार्वजनिक भएको हो ।
१० प्रतिशत (करिब २२ जना) मनोनित गर्ने व्यवस्था भएपनि अहिले ११ जना मनोनित गरिएको छ । मनोनित हुनेमा सोलुखुम्बुका बुद्धिकुमार राजभण्डारी, मोरङका भुराज राई, नागेश पोखरेल, पर्शुराम बस्नेत, अरुण राठी छन् । त्यस्तै संखुवासभाका बद्री सापकोटा, भोजपुरका देवीराम चौंलागाईं, रामसिंह राई, खोटाङका तेज ढुंगाना, सुनसरीका प्रमोद शेर्पा र झापाका घनेन्द्र योङ्वा सुब्बा रहेका छन् ।
अन्तर-कमिटी-निर्देशन-१-२-1