प्यालेस्टाइनीको समर्थनमा इरानमा जुलुस

एजेन्सी, ४ मंसिर । युद्धग्रस्त गाजापट्टीमा प्यालेस्टाइनीप्रति समर्थन व्यक्त र इजरायलको ‘अपराध’को निन्दा गर्न इरानीले देशभर जुलुस निकालेका छन् ।

इरानको राजधानी तेहरानका साथै ताब्रिज, शिराज, इस्फाहान, रश्त, बुशेहर, अराक र काज्विनलगायत सहरमा र्‍याली निकालिएको अर्धसरकारी समाचार एजेन्सी तस्निमले जनाएको छ । तेहरानमा आयोजित र्‍यालीमा प्रदर्शनकारीले संयुक्त राज्य अमेरिका र इजरायलविरुद्ध नारा लगाएका थिए । गाजामा प्यालेस्टाइनी र बालबालिकाप्रति समर्थन जनाएका थिए ।

र्‍यालीमा प्रथम उपराष्ट्रपति मोहम्मद मोख्बरलगायत उच्चपदस्थ इरानी अधिकारीले भाग लिएका थिए । सिन्ह्वा/न्युज एजेन्सी नेपाल

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ बैशाख । सरकारले तोकिएकोभन्दा बढी लगानी गर्ने लगानीकर्ताका लागि ‘लगानी भिसा’ उपलब्ध गराउने भएको छ । आगामी आर्थिक

काठमाडौँ, २८ बैशाख । बजारमा अन्डाको मूल्य बढेको छ । नेपाल लेयर्स कुखुरापालक संघले आज आजदेखि लागु हुने गरी अन्डाको

काठमाडौँ, २८ बैशाख । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसमक्ष नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलले आर्थिक वर्ष २०८३/८४ को पूर्ण बजेटकालीन

काठमाडौँ, २८ बैशाख । आज सुनको मूल्य घटेको चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन