प्यालेस्टाइनीको समर्थनमा इरानमा जुलुस

एजेन्सी, ४ मंसिर । युद्धग्रस्त गाजापट्टीमा प्यालेस्टाइनीप्रति समर्थन व्यक्त र इजरायलको ‘अपराध’को निन्दा गर्न इरानीले देशभर जुलुस निकालेका छन् ।

इरानको राजधानी तेहरानका साथै ताब्रिज, शिराज, इस्फाहान, रश्त, बुशेहर, अराक र काज्विनलगायत सहरमा र्‍याली निकालिएको अर्धसरकारी समाचार एजेन्सी तस्निमले जनाएको छ । तेहरानमा आयोजित र्‍यालीमा प्रदर्शनकारीले संयुक्त राज्य अमेरिका र इजरायलविरुद्ध नारा लगाएका थिए । गाजामा प्यालेस्टाइनी र बालबालिकाप्रति समर्थन जनाएका थिए ।

र्‍यालीमा प्रथम उपराष्ट्रपति मोहम्मद मोख्बरलगायत उच्चपदस्थ इरानी अधिकारीले भाग लिएका थिए । सिन्ह्वा/न्युज एजेन्सी नेपाल

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ मंसिर । भारतीय गायक अरिजित सिंहले नेपाली झन्डा ओढेर नेपालमा गीत गाएको सन्दर्भलाई लिएर राजेशपायल राईले प्रतिक्रिया दिएका छन्

काठमाडौँ, ११ मंसिर । सोमबारदेखि छायांकन सुरु भएको फिल्म ‘यो मन त मेरो नेपाली हो’लाई पूर्वराजा ज्ञानेन्द्र शाहले शुभकामना दिएका

काठमाडौँ, ११ मंसिर । विनोद पौडेलको निर्देशन रहने फिल्म ‘ह्यापिएस्ट म्यान इन द वर्ल्ड’मा अभिनेता हरिवंश आचार्य अनुबन्धित भएका छन्

नयाँ दिल्ली, १० मंसिर । हिन्दी सिनेमाका सुपरस्टार अभिताभ बच्चनले जुहुस्थित बंगला ‘प्रतीक्षा’ आफ्नी छोरी श्वेता नन्दाको नाममा गरिदिएका छन्