काठमाडौँ, ४ मंसिर । सङ्घीय चुनाव भएको आज एक वर्ष पूरा भएको छ ।
गएको वर्ष आजकै दिन मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभा चुनाव भएको थियो । चुनाव भएको एक वर्षमा सरकार नफेरिए पनि राजनीतिक अस्थिरता बढ्दो छ । यसबीचमा सरकार र संसद्को काम प्रभावकारी हुन नसकेको सांसदहरुले नै गुनासो गरेका छन् ।
कांग्रेसलगायतका दलहरुसँग गठबन्धन गरेर तेस्रो स्थान हासिल गरेको माओवादीको नेतृत्वमा सरकार सञ्चालन भइरहेको छ । शुरुमा एमालेको साथ पाएर प्रधानमन्त्री नियुक्त हुनुभएका माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पछि फेरि सत्ता समीकरण परिवर्तन गरी पहिलेकै गठबन्धनलाई निरन्तरता दिनुभएको छ ।