टिकटक बन्दविरुद्ध सर्वोच्चमा आजबाट सुनुवाइ

काठमाडौँ, ४ मंसिर । टिकटक बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा आजबाट सुनुवाइ हुँदै छ ।

मन्त्रिपरिषद्को कात्तिक २७ गतेको निर्णयबाट सरकारले टिकटक बन्द गर्ने निर्णय गरेको थियो । उक्त निर्णयविरुद्ध अदालत खुलेकै दिन १० रिट दर्ता भएका थिए । आइतबार छठ पर्वको बिदा परेकाले सबै रिटमा सोमबारका लागि सुनुवाइ तोकिएको सर्वोच्च अदालतका सहप्रवक्ता गोविन्द घिमिरेले जानकारी दिएका छन् ।

सबै रिटमाथि एकसाथ सुनुवाइ हुनेछ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, कानुनका विद्यार्थी पर्शुराम पाण्डेसहित १० जनाले रिट दायर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ वैशाख । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाल सदैव आतंकवादको विपक्षमा रहेको र जुनसुकै प्रकार र प्रकृतिको आतंकवादको

बुटवल, १३ बैशाख । अन्तर्राष्ट्रिय सांस्कृतिक फेस्टिभल र सेमिनारको उद्घाटन गर्न प्रधानमन्त्री केपी शर्मा ओली लुम्बिनी आएका छन् । नेपाल र

काठमाडौँ, १३ वैशाख । एमालेका तत्कालीन अध्यक्ष, नेपालका प्रथम कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारीको आज २६ औं स्मृति दिवस विभिन्न कार्यक्रम

काठमाडौँ, १३ वैशाख । पूर्वस्वास्थ्य राज्यमन्त्री तीर्थराम डंगोलको निधन भएको छ । नेपाली कांग्रेस काठमाडौंका पूर्व सभापति डंगोलको गए राति निधन भएको