इजरायल र हमासबीच बन्धक सम्झौता गर्ने तयारी अन्तिम चरणमा

एजेन्सी, ४ मंसिर । प्यालेष्टिनी लडाकु समूह हमासले गएको असोज २० गते इजरायलमाथि गरेको आक्रमणमा बन्धक बनाएकाहरुलाई मुक्त गर्ने सम्झौता हस्ताक्षरको अन्तिम चरणमा पुगेको छ ।

एएफपीका अनुसार कतारका प्रधानमन्त्री मोहम्मद बिन अब्दुलरहमान अल थानीले अब ‘सामान्य’ र व्यावहारिक कठिनाइका कारण मात्रै बाँकी रहेकाे बताउनुभएको छ । युरोपेली सङ्घ (ईयू) का विदेश नीति प्रमुख जोसेप बोरेलसँगको संयुक्त पत्रकार सम्मेलनमा अल थानीले वार्तामा बाँकी रहेका चुनौतीहरू ठूला नभइ साना रहेका र अब चाँडै सहमति हुने बताउनुभयो । कतारले अस्थायी युद्धविरामको बदलामा दुई सय ४० बन्धकमध्ये केहीलाई मुक्त गर्ने उद्देश्यले मध्यस्थता वार्तामा सहयोग गरेको छ ।

सम्झौताले बन्धकहरूलाई सुरक्षित रूपमा उनीहरूको घर फिर्ता ल्याउन सक्ने थानीले बताउनुभयो । हमासले बन्धक बनाएकामध्ये धेरैजसो इजरायली नागरिक हुन् भने केही विदेशी पर्यटक, विद्यार्थी र कामदारसमेत छन् । वार्तामा कम्तीमा पाँच दिन युद्ध पूर्ण रुपमा रोकेर एक आपसका बन्धकहरु फिर्ता गर्ने सहमतिको अन्तिम चरणमा पुगेको बताइएको एएफपीले जनाएको छ।  

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ साउन । परराष्ट्र मन्त्री डा.आरजु राणा देउवासँग नेपालका लागि चिनियाँ राजदूत चेन सोङले शिष्टाचार भेटवार्ता गरेका छन् ।

काठमाडौँ, २ साउन । मधेस प्रदेश सरकारले गत असार २८ गते त्रिशूली नदीमा बस दुर्घटनामा परेका मधेस प्रदेशका मृतकका परिवारलाई

काठमाडौँ, २ साउन । प्रधानमन्त्री केपी शर्मा ओली र अमेरिकी राजदूत डीन आर थोमसनबीच शिष्टाचार भेटवार्ता भएको छ । आज

काठमाडौँ, २ साउन । प्रवासी नेपाली मञ्च कतारको सातौँ राष्ट्रिय अधिवेशनलाई सम्बोधन गर्न नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष