घरजग्गाको कारोबारसँगै राजस्व सङ्कलनमा गिरावट

काठमाडौँ, ४ मंसिर । कात्तिक महिनामा घरजग्गाको कारोबारसँगै राजस्व सङ्कलनमा गिरावट आएको छ । दसैँतिहार जस्ता ठुला चाडपर्वका कारण कात्तिकमा घरजग्गाको कारोबार घटेको हो ।

दसैँतिहार एकै महिनामा पर्दा कात्तिक महिनामा सार्वजनिक बिदा धेरै हुँदा घरजग्गाको कारोबारमा कमी आएको भूमि व्यवस्थापन तथा  अभिलेख  विभागको  तथ्याङ्कले  देखाएको छ । विभागका असोजमा ३९ हजार ८८१ लिखत पारित भएकोमा कात्तिकमा घटेर २६ हजार ४६ लिखत पारित भएको छ ।

कात्तिकमा जग्गाको कारोबार घटेसँगै राजस्व पनि घटेको छ । साउनमा ३९ हजार २६३ लिखत पारित हुँदा भदौमा ३५ हजार ६८६ लिखत पारित भएको थियो । गत आर्थिक वर्षको पहिलो चार  महिनामा एक लाख २२ हजार २८२ लिखत पारित भएकोमा चालु आर्थिक वर्षको सोही अवधिमा एक लाख ४० हजार ८७६ वटा लिखत पारित भएको थियो ।घरजग्गाको कारोबार घटेसँगै राजस्व सङ्कलनमा समेत कमी आएको छ ।

कात्तिकमा घरजग्गा कारोबारको सेवा कर, रजिस्ट्रेसन दस्तुर र पुँजीगतसमेत दुई अर्ब १६ करोड ३१ लाख ६१ हजार रुपियाँ राजस्व सङ्कलन भएको विभागले जनाएको छ । आजको समाचार गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ चैत । आज बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ११ सय

काठमाडौँ, ५ चैत । काठमाडौँबाट ठूलो परिमाणमा विभिन्न देशका मुद्रा (पैसा) नेपाल प्रहरीको विशेष टोलीले बरामद गरेको छ । प्रहरीका

चितवन, ५ चैत । कुखुराको चल्ला कोरल्न प्रयोग गरिने दुई सय ३६ ह्याचरी उद्योग बन्द भएका छन् । कोभिडपछि लागत

काठमाडौँ, ५ चैत । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको भाउ तोकेको छ । गोलभेडा