काठमाडौँ, १ मंसिर । नेपाली कांग्रेसले भूकम्प प्रभावितका लागि एक सय अस्थायी आवास बनाइदिने भएको छ ।
पार्टीको पहलमा एक सय अस्थायी आवास बनाउने र थप एक हजार टहरा बनाउन पार्टीका नेता कार्यकर्ता परिचालित गरिने कांग्रेसले जनाएको छ ।
पार्टीका तर्फबाट बनाउने एक सय अस्थायी आवासका लागि ३/४ दिन भित्रमा पहिलो टोली भूकम्प प्रभावित क्षेत्रमा पुग्ने महामन्त्री गगन थापाले जानकारी दिए । एउटा टोली फर्केपछि अर्को टोलीलाई पठाउने कांग्रेसले जनाएको छ । प्रत्येक पटक टोलीको नेतृत्व केन्द्रीय सदस्यले गर्नेछन् ।
एउटा टोली एक साता निर्माण कार्यमा खटिने भएको छ । अस्थायी आवास निर्माणका लागि जाने समूहले खानाको व्यवस्था आफैं गर्नुपर्नेछ । टहरा बनाउन लागि खटिएको टोलीले आफूहरु बस्ने’सुत्न पाल आफैंले टाँगेर व्यवस्था गर्नुपर्नेछ ।