सीमा समस्यासम्बन्धी संयुक्त बैठक यथाशीघ्र राख्न भारतलाई नेपालको पत्र

काठमाडौँ, १ मंसिर । नेपालले सीमासम्बन्धी समस्याको प्राविधिक विषयहरु समाधान गर्न बनेको बाउन्ड्री वर्किङ ग्रुप (बीडब्लुजी)को बैठक राख्ने प्रस्ताव भारत सरकारसमक्ष पठाएको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार बीडब्लुजीको बैठक यथासिघ्र आयोजना गर्न नेपालको तर्फबाट प्रस्ताव गरी भारतीय पक्षलाई पत्राचार गरिएको छ । तर, नेपालको तर्फबाट गरिएको प्रस्तावित मिति र भारतीय जवाफबारे परराष्ट्र मन्त्रालय मौन छ ।

संघीय संसदको दोस्रो अधिवेशनमा नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले कालापानी, लिपुलेक, लिम्पियाधुराको सीमा समस्या समाधानका निमिक्त सरकारको तर्फबाट भइरहेको कूटनीतिक प्रयासको प्रगति माग गरेका थिए ।

जवाफमा परराष्ट्र मन्त्रालयले ‘सीमा सम्बन्धी नसुल्झिएका विषयहरुलाई सुल्झ्याउनको लागि कूटनीतिक स्तरमा वार्ता गर्न नेपालको तर्फबाट भारत सरकार समक्ष निरन्तर प्रयास हुँदै आएको’ बताएको हो । यही जवाफमा परराष्ट्र मन्त्रालयले बीडब्लुजीको बैठक बोलाउन प्रस्ताव गरी पत्राचार गरिएको जानकारी दिएको हो । ‘बीडब्लुजीको बैठक यथासिघ्र आयोजना गर्न नेपालको तर्फबाट प्रस्ताव गरी भारतीय पक्षलाई पत्राचार गरिएको’ लिखित जवाफमा उल्लेख छ ।

नेपाल र भारतको सीमा सम्बन्धी बीडब्लुजीको पछिल्लो बैठक भारतको देहरादुनमा सन २०१९ अगष्ट २८ देखि ३० तारिखसम्म बसेको थियो । त्यसपछि अर्को बैठक राख्ने प्रयास नेपालको तर्फबाट निरन्तर भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० मंसिर । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले संयुक्त राष्ट्रसङ्घसँगको सहकार्यमा विश्वशान्ति स्थापनामा प्रभावकारी भूमिका निर्वाहका लागि नेपाल प्रतिबद्ध

काठमाडौँ, २० मंसिर । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले कानुनअनुसार औषधि पसल सञ्चालन गर्न निर्देशन दिएका छन् । आज विहान

काठमाडौँ, २० मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले एनसेलको सेयर बिक्रीका विषयमा खुला छलफल गर्न चुनौती दिएका

काठमाडौँ, २० मंसिर । विवादास्पद वित्तीय पृष्ठभूमि बोक्दै आएको एनसेलले यसपालिको खरिद–बिक्रीमा पनि छल गर्न खोजेको खुलासा भएको छ । ६