लडाई टाइगरसँग होइन, दास बनाउनेहरूसँग हो : स्वस्तिमा खड्का

काठमाडौँ, ३० कार्तिक । अभिनेत्री स्वस्तिमा खड्काले प्रदर्शकले फिल्म ‘दिमाग खराब’ लाई हल नदिनु दादागिरी भएको बताएकी छन् ।

उनले आज भक्तपुरस्थित क्युएफएक्समा बिहानको ‘दिमाग खराब’ र ‘टाइगर ३’ को बुकिङ स्क्रिन सट समेत सामाजिक सञ्जालमा पोस्ट गर्दै लेखेकी छन्, ‘भक्तपुरस्थित क्युएफएक्समा आज ‘दिमाग खराब’ र ‘टाइगर ३’ को बुकिङ अवस्था यस्तो छ । ‘टाइगर ३’ को बुकिङ घट्दै जाँदा पनि जबरजस्ती शो सङ्ख्या बढाइएको छ । बुकिङ रातै हुँदा पनि ‘दिमाग खराब’ लाई शो नदिएर हेपिएको छ । यो दादागिरी हो ।’

उनले आफूहरूको लडाई ‘टाइगर ३’ सँग नभएर उसलाई राजा बनाएर अरूलाई दास बनाउनेहरूसँग भएको समेत बताएकी छन् । बुधवार फिल्मका निर्देशक निश्चल बस्नेत तथा निर्माता रौनक विक्रम कँडेलले एक विज्ञप्ति जारी गर्दै फिल्मको राम्रो व्यवसाय हुँदा हुँदै पनि हलवालले शो का लागि अन्याय गरेको भन्दै न्याय नभए शुक्रवारबाट फिल्म हलबाट उतार्ने घोषणा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

सिन्धुपाल्चोक, २० मंसिर । सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिकाको बिकट गुम्बागाउँमा विद्युतीकरण सुरु भएको छ । प्रतिनिधिसभा क्षेत्र नं १ का

काठमाडौँ, २० मंसिर । राजधानीको न्यूरोडबाट करिब ७ किलो अवैध सुन बरामद भएको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको

काठमाडौँ, २० मंसिर । औषधि व्यवस्थापन विभाग र नेपाल प्रहरीले अवैधरूपमा औषधि बिक्री गर्ने एक फार्मेसीलाई शिलबन्दी गरेको छ ।

बर्दिया, २० मंसिर । बर्दिया राष्ट्रिय निकुञ्ज ठाकुरद्वाराको हात्ती प्रजनन केन्द्र हात्तीसारमा परम्परागत धार्मिक विधिअनुसार हिजो मङ्गलवार हात्ती पूजा गरिएको