एमबाप्पेको ह्याट्रिकमा पीएसजी शीर्ष स्थानमा

काठमाडौँ २६ कार्तिक । केलिएन एमबाप्पेले ह्याट्रिक गरेपछि पेरिस सेन्ट जर्मेन (पीएसजी)ले फ्रेन्च लिग वानमा शनिबार राती रेइम्सलाई ३-० ले पराजित गरेको छ । यो जितले पीएसजी अंकतालिकामा शीर्ष स्थानमा समेत उक्लेको छ ।

खेलको तेस्रो मिनेटमै एमबाप्पेले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । त्यसपछि उनले दोस्रो हाफमा दुई गोल गरे । ५९औं र ८२औं मिनेटमा गोल गर्दै एमबाप्पेले ह्याट्रिक पूरा गरे । रेइम्सका जुन्या इतोले सातौं मिनेटमा गोल गरेपनि भिएआरले मान्यता दिएन ।

जितपछि पीएसजी १२ खेलमा २७ अंक जोडेको शीर्ष स्थानमा उक्लेको छ । उसले नाइसलाई एक अंकले पछि पारेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ असोज । धादिङमा अरिंगालले टोक्दा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । वाग्मती प्रदेश प्रहरी कार्यालयका

काठमाडौँ, १५ असोज । नेपालका विभिन्न हिमाल आरोहणका निम्ति ६९ देशका ६४८ आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार

काठमाडौँ, १५ असोज । बागलुङमा यही असोज ९ देखि ११ गतेसम्म आएको अविरल वर्षापछिको पहिरोमा परी मृत्यु हुनेको संख्या १३ पुगेको

काठमाडौँ, १५ असोज । काठमाडौँको बुद्धनगर-थापाथली खण्डमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते