आजदेखि हलमा ‘दिमाग खराब’ र ‘द मार्वल्स’

काठमाडौँ, २४ कार्तिक । आजदेखी देशभरका हलमा निश्चल बस्नेत निर्देशित नेपाली फिल्म ‘दिमाग खराब’ र हलिउडको प्रतीक्षित सुपरहिरोइन फिल्म ‘द मार्वल्स’ प्रदर्शनमा आएका छन् ।

‘लुट’ फेम्ड बस्नेत निर्देशित ‘दिमाग खराब’ले व्यवस्थाविरुद्ध एक आम नागरिकले लड्ने लडाइँको कथा पेश गर्छ । फिल्मको शीर्ष चरित्र इन्द्र शर्माको भूमिकामा खगेन्द्र लामिछानेले अभिनय गरेका छन् । फिल्ममा स्वस्तिमा खड्का, दयाहाङ राई र अर्पण थापाको पनि मुख्य भूमिका छ । ६ वर्षपछि निर्देशनमा फर्किएका निश्चलले यो फिल्ममा वर्तमान समाज र राजनीतिको विकृत पक्ष र नागरिक असन्तुष्टिको कथावस्तु चित्रण गरेका छन् । ‘दिमाग खराब’को लम्बाइ १५० मिनेट छ ।

डिज्नी स्टुडियोको ‘द मार्वल्स’ सुपरहिरोइन फिल्म हो । मार्वल कमिक्समा आधारित यो फिल्मलाई निया डा’कोस्टाले निर्देशन गरेकी हुन् । ब्राय लार्सन, टियोना प्यारिस, इमान भेलानीको प्रमुख अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २७ माघ । चलचित्र ‘हरिबहादुरको जुत्ता’ले प्रदर्शन मिति तय गरेको छ । छायांकनमा रहेको चलचित्र दसैँको ‘फूलपाती’मा रिलिज हुने

काठमाडौँ, २६ माघ । ‘अरेली काँडैले मलाई च्वास्सै…’ युट्युवमा १० करोड पटक हेरिने पहिलो नेपाली लोकगीत बनेको छ । शनिबार

काठमाडौँ, २५ माघ । आजदेखि एकसाथ तीन नयाँ नेपाली फिल्म प्रदर्शनमा आएका छन् । फिल्म हुन् ‘ममी’, ‘सारंग’ र ‘जुनाः

काठमाडौँ, २५ माघ । चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ आजबाट प्रदर्शनको सय दिनमा प्रवेश गरेको छ । कात्तिक १५ गते रिलिज भएको