सिरियामा अमेरिकी हवाई आक्रमणमा ९ जनाको मृत्यु

दमास्कस, २४ कार्तिक । सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा ९ जना लडाकु मारिएका छन् ।

सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जोरमा रहेको सैन्य स्थल र हतियार डिपोमा आक्रमण गरेका कारण गम्भीर घाइते भएका लडाकुको सङ्ख्या अझै धेरै रहेका कारण मृत्यु हुनेको सङ्ख्या बढ्न सक्नेछ ।

पेन्टागनले इराक र सिरियामा अमेरिकी सैनिकमाथि भएको आक्रमणको जवाफमा अमेरिकी सेनाले पूर्वी सिरियाको एक क्षेत्रमा ‘आत्मरक्षाका लागि हवाई आक्रमण’ गरेको जनाएको छ । रासस/सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ पौष । मन्त्रिपरिषद्को बैठकका निर्णय सार्वजनिक भएको छ । पौष २६ गते बसेको मन्त्रिपरिषद्को बैठकले निर्णय सरकारका प्रवक्ता

काठमाडौँ, २९ पौष । राष्ट्रपति रामचन्द्र पौडेलले आज नवनिर्मित संसद् भवनको निरीक्षण गरेका छन् । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे

काठमाडौँ, २९ पौष । आज दिउँसो २ बजे बस्ने भनिएको नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक स्थगित भएको छ । केन्द्रीय

काठमाडौँ, २९ पौष । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आकस्मिक तथा भर्ना भएका बिरामी रेफर गर्दा पहिलो स्वास्थ्य संस्थालाई जिम्मेवार बनाउने