काठमाडौँ, २१ कार्तिक । गायक हेमन्त शर्माले पूर्वघोषित पुरस्कारबापतको ५० हजार रुपैयाँ नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेललाई हस्तान्तरण गरेका छन् ।
आज बिहान उनले पौडेल र कुशल भुर्तेललाई रकम प्रदान गरेका हुन् । आईसीसी टी-२० विश्वकप एसिया छनोटको सेमिफाइनलमा यूएईलाई पराजित गरे नेपाली क्रिकेट टोलीलाई ५० हजार दिने घोषणा उनले गरेका थिए । शर्माले दिएको रकम जाजरकोट भूकम्पले क्षतिग्रस्त भएको क्रिकेटर अनुज चुरानाको घर मर्मतका लागि पठाइने क्रिकेट कप्तान पौडेलले जनाएका छन् ।





