अहिले चुनावकाे समय होइन : युक्रेनी राष्ट्रपति जेलेन्स्की

एजेन्सी, २१ कार्तिक । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले चुनावका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् ।

सन् २०२४ मा राष्ट्रपति चुनावका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध जुटेको युक्रेनमा चुनाव गर्ने सही समय नभएको उनको भनाइ थियो ।

गएको वर्ष द्वन्द्व शुरु भएदेखि मार्सल लअन्तर्गत आउँदो वसन्तमा हुने राष्ट्रपति चुनावसहित सबै चुनाव प्राविधिकरूपमा रद्द गरिएको छ । ‘अहिले रक्षा र युद्धको समय हो भन्ने हामीले निर्धारण गर्नुपर्छ । यसमा राज्य र नागरिकको भाग्य निर्भर छ’, आफ्नो दैनिक सम्बोधनमा उनले भने ।

उनले देशलाई विभाजित गर्ने नभएर एकताबद्ध हुने समय भएको बताउँदै  भने, ‘अहिले चुनावका लागि सही समय होइन भन्ने मेरो विश्वास छ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, ७ जेठ । इरानका राष्ट्रपति इब्राहिम रइसीको मृत्युबारे हमासले आधिकारिक प्रतिक्रिया जनाएको छ । हमासले भनेको छ, “अल्लाहको मर्जिका

एजेन्सी, ७ जेठ । भारतको लोकसभा चुनावको पाँचौं चरणको मतदान आज जारी रहेको छ । आज बिहान ७ बजेबाट सुरु भएको

तेहरान, ७ जेठ । इरानका राष्ट्रपति इब्राहिम रहिसी र विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहिन चढेको हेलिकोप्टर दुर्घटनाग्रस्त भएको छ । इरानका

काबुल, ६ जेठ । अफगानिस्तानको उत्तरी फरयाव र पश्चिमी घोर प्रान्तमा शुक्रबार र शनिबार भएको भारी वर्षापछि आएको बाढीका कारण