पुटिनले सन् २०२४ को राष्ट्रपतीय चुनाव लड्ने

एजेन्सी, २० कार्तिक । रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले सन् २०२४ मा हुने राष्ट्रपतीय चुनाव लड्‍ने भएका छन् ।

समाचार संस्था रोयटर्सले ६ जना स्रोतसँग कुराकानी गर्दै सोमबार छापेको समाचारअनुसार सन् २०३० सम्म शक्तिमा रहने गरी पुटिन चुनाव लड्न लागेका हुन् ।

पुटिन गत अक्टोबर ७ मा ७१ वर्षका भए । रोयटर्सका अनुसार पुटिनका सल्लाहकारहरू निर्वाचनको तयारीमा लागिरहेका छन् ।

पुटिनका लागि राष्ट्रपतीय चुनाव आधिकारिकता मात्रै हुने र यदि चुनाव लडे उनी जित्ने निश्चित नै रहेको सञ्चार माध्यमहरूले जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० मंसिर । गायिका टेलर स्वीफ्ट संसारकै पाँचौं शक्तिशाली महिला घोषित भएकी छन् । फोर्ब्स म्यागजिनले बुधबार सार्वजनिक गरेको

काठमाडौँ, १९ मंसिर । अभिनेत्री पूजा शर्माको मुख्य भूमिका रहेको फिल्म ‘दान्भी’को फस्टलुक सार्वजनिक गरिएको छ । प्रदर्शन मिति तय

काठमाडौँ, १९ मंसिर । रणवीर कपुर अभिनित फिल्म ‘एनिमल’ प्रदर्शनको सुरुवातको दिन देखिनै राम्रो आम्दानी गर्न सफल देखिन्छ । गत

काठमाडौँ, १९ मंसिर । बालबालिकालाई चलचित्र ‘एनिमल’ देखाएको काठमाडौँको नयाँ बानेश्वरस्थित चलचित्र हल ‘वन सिनेमाज’लाई चलचित्र विकास बोर्डले कारबाहीको लागि