बेसी भावनामा बहें त्यो दिन, मैले पिउनु पनि हुँदैनथ्यो : सुगम पोखरेल

काठमाडौँ, २० कार्तिक । गायक सुगम पोखरेलले अष्ट्रेलियाको कन्सर्टमा भएको माइक प्रहारको घटनालाई लिएर दर्शकसँग माफी मागेका छन् । उनले आफूबाट गल्ती भएको बताउँदै आफू भावनामा बहँदा घटना हुन पुगेको प्रतिक्रिया दिए ।

नेपाल ट्युबसँगको कुराकानीमा सुगमले आफू मानसिक रुपमा स्वस्थ रहेको उल्लेख गर्दै भगवानरुपी दर्शकलाई कहिल्यै पनि अनादर नगरेको बताएका छन् ।

सुगमले माफी माग्दै घटनाबारे यसरी सविस्तार बताएका छन् :

माफी माग्न चाहन्छु । मबाट गल्ती भएको हो । म बेसी भावनामा बहें । भगवान दर्शकप्रति कहिल्यै पनि अनादर गरेको छैन मैले । म आज यही नेपाली समाजले बनाएकाले गायक भएको हुँ । मैले पिउनु हुँदैनथ्यो । आई एम सरी ।

नेपालमा भुइँचालो गएर मान्छेहरु बितिरहनु भाथ्यो । मलाई मनमा कस्तो अप्ठ्यारो भइराथ्यो भन्दाखेरि अरे यार म गीत गाउन आइरहेको छुउता त्यस्तो भइरहेको छ । कत्तिको आफ्नो परिवार बित्नुभएको छ । मैले सोचेंएकछिन मौन धारण गरुँ । अरु तपाईंले भिडियोमा देख्न सक्नुहुन्छ ।

म नेपालीहरुले गर्दा बनेको हुँ । नेपाललाई दुख्दाखेरि मलाई दुख्छ हेर्नुस् । म यसमा सरी भन्न चाहन्छु ।

बीचमा मैले मदिरा खान छाडेको थिएँ । एक महिना भयो फेरि सुरु गरेको । म खराब होइन तर समय खराब छ अहिले मेरो । म मेन्टल्ली ठीक छु अहिले । छोरी ११ मा पढ्छे ।

मेरो नियत गलत थिएन त्यो दिनमा पनि । मेरो कमजोरी के भन्दा मैले थोरै मदिरा सेवन गरेको थिएँ त्यो दिनत्यो गर्नु हुँदैनथ्यो । नत्र भने मेरो नियत कहिल्यै पनि खराब छैन ।

धन्यवाद मलाई सुगम पोखरेल बनाइदिनुभएकोमा । नेपाली गीत अझै गाउनेछु । झनै गाउनेछु । म पनि मान्छे हुँ । दोष अझै छघटाउने प्रयासमा छु । मान्छेलाई गुण र दोषको आधारमा हेरियोस् । म अहिले पनि राम्रो मान्छे बन्न प्रयासरत छु ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ मंसिर । भारतीय गायक अरिजित सिंहले नेपाली झन्डा ओढेर नेपालमा गीत गाएको सन्दर्भलाई लिएर राजेशपायल राईले प्रतिक्रिया दिएका छन्

काठमाडौँ, ११ मंसिर । सोमबारदेखि छायांकन सुरु भएको फिल्म ‘यो मन त मेरो नेपाली हो’लाई पूर्वराजा ज्ञानेन्द्र शाहले शुभकामना दिएका

काठमाडौँ, ११ मंसिर । विनोद पौडेलको निर्देशन रहने फिल्म ‘ह्यापिएस्ट म्यान इन द वर्ल्ड’मा अभिनेता हरिवंश आचार्य अनुबन्धित भएका छन्

नयाँ दिल्ली, १० मंसिर । हिन्दी सिनेमाका सुपरस्टार अभिताभ बच्चनले जुहुस्थित बंगला ‘प्रतीक्षा’ आफ्नी छोरी श्वेता नन्दाको नाममा गरिदिएका छन्