कर्णालीमा राष्ट्रिय भलिबल प्रतियोगिता

काठमाडौँ, १९ कार्तिक । २५ वर्षपछि कर्णालीको सुर्खेतमा राष्ट्रिय भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नेपाल भलिबल संघको आयोजना र कर्णाली प्रदेश भलिबल संघको व्यवस्थापनमा साढे दुई दशकपछि कर्णालीमा राष्ट्रिय भलिबल प्रतियोगिता हुन लागेको हो ।

नेपाल भलिबल संघले शनिवार काठमाडौँमा पत्रकार सम्मेलनमार्फत ३४ औँ राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता आगामी पुस २० देखि २५ गतेसम्म सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गर्ने जनाएको छ । वि.सं. २०५५ मा नेपालगञ्जमा चौथो राष्ट्रिय खेलकुद हुँदा भलिबलको प्रतियोगिता भने सुर्खेतमा खेलाइएको थियो । तर, त्यसपछि लामो समयसम्म भलिबलको प्रतियोगिता हुन सकेको थिएन ।

भलिबलका राष्ट्रिय स्तरका प्रतियोगितालाई विकेन्द्रित गर्ने उद्देश्यअनुरूप कर्णालीमा संघले यो आयोजना गर्न लागेको हो । सो प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोली त्रिभुवन आर्मी, नेपाल पुलिस र सशस्त्र प्रहरी बलको एपीएफ क्लब गरी १० टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ मंसिर । भारतीय गायक अरिजित सिंहले नेपाली झन्डा ओढेर नेपालमा गीत गाएको सन्दर्भलाई लिएर राजेशपायल राईले प्रतिक्रिया दिएका छन्

काठमाडौँ, ११ मंसिर । सोमबारदेखि छायांकन सुरु भएको फिल्म ‘यो मन त मेरो नेपाली हो’लाई पूर्वराजा ज्ञानेन्द्र शाहले शुभकामना दिएका

काठमाडौँ, ११ मंसिर । विनोद पौडेलको निर्देशन रहने फिल्म ‘ह्यापिएस्ट म्यान इन द वर्ल्ड’मा अभिनेता हरिवंश आचार्य अनुबन्धित भएका छन्

नयाँ दिल्ली, १० मंसिर । हिन्दी सिनेमाका सुपरस्टार अभिताभ बच्चनले जुहुस्थित बंगला ‘प्रतीक्षा’ आफ्नी छोरी श्वेता नन्दाको नाममा गरिदिएका छन्