रेखा थापाको ‘उपहार’ फागुन २५ मा रिलीज हुने

काठमाडौँ, १७ कार्तिक । ज्ञानेन्द्र देउजाको निर्देशन र रेखा फिल्म्सको निर्माणमा बनेको फिल्म उपहार’को गीत रिलिजसँगै प्रदर्शन मिति समेत घोषणा गरेको छ । यो फिल्म फागुन २५ गते रिलिज हुने भएको छ ।

बाबुल गिरी र एलिना चौहानको स्वरमा फिल्म ‘उपहार’को पहिलो गीत ‘वाह वाह’ सार्वजनिक भएको छ । आज आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको यो गीत रोमान्टिक र डान्सिङ महसुस हुन्छ ।

गिरीकै संगीत र शंकर अधिकारी ‘घायल’को शब्दमा तयार भएको गीतमा फिल्मका शीर्ष कलाकार फिचर्ड छन् । गीतमा फिल्मका तीन जोडीलाई प्रस्तुत गरिएको छ । रेखा थापा र मुकुन भुषाल, पूजा शर्मा र समर्पणजंग कार्की, बेनिशा हमाल र तेज गिरीलाई जोडीको रुपमा प्रस्तुत गरिएको छ । गीतले फिल्मको चरित्र चित्रणबारे पनि खुलासा गर्छ । पक्कै पनि यो डान्सिङ ट्रयाक तपाईंको सूचीमा पर्नसक्छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ मंसिर । भारतीय गायक अरिजित सिंहले नेपाली झन्डा ओढेर नेपालमा गीत गाएको सन्दर्भलाई लिएर राजेशपायल राईले प्रतिक्रिया दिएका छन्

काठमाडौँ, ११ मंसिर । सोमबारदेखि छायांकन सुरु भएको फिल्म ‘यो मन त मेरो नेपाली हो’लाई पूर्वराजा ज्ञानेन्द्र शाहले शुभकामना दिएका

काठमाडौँ, ११ मंसिर । विनोद पौडेलको निर्देशन रहने फिल्म ‘ह्यापिएस्ट म्यान इन द वर्ल्ड’मा अभिनेता हरिवंश आचार्य अनुबन्धित भएका छन्

नयाँ दिल्ली, १० मंसिर । हिन्दी सिनेमाका सुपरस्टार अभिताभ बच्चनले जुहुस्थित बंगला ‘प्रतीक्षा’ आफ्नी छोरी श्वेता नन्दाको नाममा गरिदिएका छन्