बंगलादेशमा सुरक्षा व्यवस्था मजबुत बनाउन अर्धसैनिक सुरक्षा बल तैनाथ

ढाका, १७ कार्तिक । बंगलादेशमा जारी श्रमिक आन्दोलन कारण राजधानी ढाका र आसपासका प्रमुख औद्योगिक क्षेत्रमा कुनै अप्रिय घटना हुन नदिन अर्धसैनिक बल बोर्डर गार्ड बंगलादेश (बीजीबी)का सुरक्षाकर्मी परिचालन गरिएको छ ।

बीजीबी मुख्यालयका जनसम्पर्क अधिकृत सरिफुल इस्लामले बिहीबार पत्रकारहरूलाई बताएअनुसार आशुलिया, सावर, मीरपुर, रामपुरा, अब्दुल्लाहपुर, तोंगी, गाजीपुर, कोनाबारीलगायत विभिन्न औद्योगिक क्षेत्रमा सेना तैनाथ गरिएको छ ।

ढाका र अन्य स्थानमा मासिक २३ हजार टाका (करिब २०० अमेरिकी डलर) न्यूनतम आधारभूत तलबको माग गर्दै दसौँ हजार श्रमिकले विगत केही दिनदेखि प्रदर्शन गरिरहेका छन् ।

यसैबीच, ढाकाका तयारी पोसाक (रेडिमेड गार्मेन्ट्स) उत्पादकहरूले बिहीबार उच्च तलब संरचनासहितको नयाँ ज्याला प्रस्तावलाई अर्को हप्ता न्यूनतम ज्याला बोर्डमा पठाउनेबारे विचार गरिरहेको बताएका छन् । उच्च ज्यालाको माग गर्दै जारी मजदुर आन्दोलनका कारण ढाका र आसपासका क्षेत्रमा कम्तीमा ३०० गार्मेन्ट कारखानाहरू बन्द भएका छन् । रासस/एएफपी

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ जेठ । काठमाडौँ महानगरका मेयर बालेन शाहले कान्स फिल्म फेस्टिभलमा आयोजित हलिउड फिल्म ‘मेगालोपोलिस’को रेडकार्पेट वर्ल्ड प्रिमियरमा भाग

काठमाडौँ, ५ जेठ । ‘तारक मेहता का उल्टा चश्मा ’का अभिनेता गुरचरण सिंह तीन सातापछि शुक्रबार घर फर्किएका छन् ।

काठमाडौँ, ४ जेठ । बिहीबार रातिको कान्स फिल्म फेस्टिभलको रेडकार्पेटमा बलिउड अभिनेत्री ऐश्वर्या रायले विश्वको ध्यान पुनः आफ्नो सौन्दर्यतर्फ केन्द्रित

काठमाडौँ, ४ जेठ । वैवाहिक बलात्कारको मुद्दामा प्रहरी नियन्त्रणमा रहेका गायक रवि ओड धरौटीमा रिहा भएका छन् । कञ्चनपुर प्रहरीका कञ्चनपुर