ओमानमा भ्रमण भिसाले काम गर्न नपाइने

काठमाडौँ, १७ कार्तिक । मध्यपूर्वको देश ओमानमा अबदेखि भ्रमण भिसामा गएकाले भिसा परिवर्तन गरेर काम गर्ने भिसा लगाउन नपाइने भएको छ ।

ओमानस्थित नेपाली दूतावासले सूचना सार्वजनिक गर्दै कात्तिक १४ वा अक्टोबर ३१ देखि भ्रमण भिसामा ओमानमा आएका आप्रवासीले भिसा परिवर्तन गरेर काम गर्न नपाउने नियम लागु गरेसँगै भ्रमण भिसामा गएर काम नपाइने भएको हो ।

दूतावासको सूचनामा भनिएको छ, “भ्रमण भिसामा आएर त्यो भिसाको क्याटगरी परिवर्तन गरी काम गर्ने भिसा लिन नपाउने नियम लागु भएको छ । भ्रमण भिसामा ओमान आउने र पठाउने दुवै सचेत हुनुहोस् ।”

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ जेठ । काठमाडौँ महानगरका मेयर बालेन शाहले कान्स फिल्म फेस्टिभलमा आयोजित हलिउड फिल्म ‘मेगालोपोलिस’को रेडकार्पेट वर्ल्ड प्रिमियरमा भाग

काठमाडौँ, ५ जेठ । ‘तारक मेहता का उल्टा चश्मा ’का अभिनेता गुरचरण सिंह तीन सातापछि शुक्रबार घर फर्किएका छन् ।

काठमाडौँ, ४ जेठ । बिहीबार रातिको कान्स फिल्म फेस्टिभलको रेडकार्पेटमा बलिउड अभिनेत्री ऐश्वर्या रायले विश्वको ध्यान पुनः आफ्नो सौन्दर्यतर्फ केन्द्रित

काठमाडौँ, ४ जेठ । वैवाहिक बलात्कारको मुद्दामा प्रहरी नियन्त्रणमा रहेका गायक रवि ओड धरौटीमा रिहा भएका छन् । कञ्चनपुर प्रहरीका कञ्चनपुर