बन्धक रिहाइका निम्ति गाजामा युद्ध रोक्न बाइडेनको आग्रह

एजेन्सी, १६ कार्तिक । अमेरिकी राष्ट्रपति जो बाइडेनले हमासले बन्धक बनाएका नागरिकको रिहाइका निम्ति गाजामा केही सयम युद्ध रोक्न आग्रह गरेका छन् । बाइडेनले युद्धविरामको आह्वान भने गरेका हैनन् ।

गाजामा इजरायलले ठूलो आक्रमण जारी राखेको छ । त्यहाँ हालसम्म करिब आठ हजार ८०० मानिसको मृत्यु भइसकेको बताइएको छ ।

धेरै देशहरूले युद्धविरामको माग गरिरहेका छन् । अमेरिकाले भने मानिसलाई गाजाबाट निकाल्न छोटो समयका निम्ति मात्र युद्ध रोक्न सहमति जनाएको छ ।

यसबीच इजिप्टतर्फको सीमा रफाह क्रसिङ हुँदै गाजाबाट थप मानिस बाहिरिने अपेक्षा गरिएको छ । हिजो (बुधबार) रफाह ‘पास’बाट विदेशी राहदानी बोकेका ३३५ र ७६ जना गाजाका घाइते नागरिक इजिप्ट पुगेका थिए ।

इजरायली सेनाले आफ्नो जेट विमानले जबलियामा रहेको हमासको अखडामा आक्रमण गरेको र दुई लडाकु मारिएको जनाएको छ । बीबीसी

 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ मंसिर । भारतीय गायक अरिजित सिंहले नेपाली झन्डा ओढेर नेपालमा गीत गाएको सन्दर्भलाई लिएर राजेशपायल राईले प्रतिक्रिया दिएका छन्

काठमाडौँ, ११ मंसिर । सोमबारदेखि छायांकन सुरु भएको फिल्म ‘यो मन त मेरो नेपाली हो’लाई पूर्वराजा ज्ञानेन्द्र शाहले शुभकामना दिएका

काठमाडौँ, ११ मंसिर । विनोद पौडेलको निर्देशन रहने फिल्म ‘ह्यापिएस्ट म्यान इन द वर्ल्ड’मा अभिनेता हरिवंश आचार्य अनुबन्धित भएका छन्

नयाँ दिल्ली, १० मंसिर । हिन्दी सिनेमाका सुपरस्टार अभिताभ बच्चनले जुहुस्थित बंगला ‘प्रतीक्षा’ आफ्नी छोरी श्वेता नन्दाको नाममा गरिदिएका छन्