सन्दीप लामिछानेले लिए ओमानको दुई विकेट

काठमाडौँ, १६ कार्तिक । टी—२० विश्वकप छनोट प्रतियोगितामा बिहीबार नेपाल र ओमानबिच समूहगत चरणको खेल भइरहेको छ ।

नेपालले टस जितेर ओमानलाई पहिलो ब्याटिङको निम्तो दिएको छ । पहिले ब्याटिङ गरेको ओमानले लगातार आफ्नो पाँचौँ र छैटौँ विकेट गुमाएको छ ।ओमानको पाँचौँ विकेट स्पिनर सन्दीप लामिछानेले लिए ।

उनले ओमानका ब्याट्सम्यान आयान खानलाई १८ रनको व्यक्तिगत स्कोरमा पेभेलियन फर्काए । सन्दीपले आयानलाई बोल्ड गरेका हुन् । आयानले पेभेलियन फर्किनुअघि २५ बलमा दुई चौका हिर्काएका थिए ।

त्यसलगत्तै अर्को बलमा सन्दीपले मेहरान खानलाई एलबीडब्लूको धरापमा पारेका थिए । ओमानले १३।२ ओभरमा ८७ रन बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ असोज । विराटनगर महानगरपालिका–१६ ब्रह्माटोलमा एक पुरुष कोठाभित्र मृत अवस्थामा फेला परेका छन् । स्थानीय ४० वर्षीय बब्लु श्रेष्ठ

काठमाडौँ, १६ असोज । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी साइप्रस पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा भक्तपुर चाँगुनारायण नगरपालिका–३ बस्ने

काठमाडौँ, १६ असोज । कपिलवस्तुको शिवराज नगरपालिका–१ चोरखोलामा बस र ट्रक एकआपसमा ठोक्किँदा बस चालकको मृत्यु भएको छ । प्रहरीका अनुसार

काठमाडौँ, १६ असोज । कैलालीमा बाघको आक्रमणबाट एकजनाको मृत्यु भएको छ ।  प्रहरीका अनुसार गौरीगंगा नगरपालिका–६ मोयास्थित भैरव महिला सामुदायिक