सन्दीप लामिछानेले लिए ओमानको दुई विकेट

काठमाडौँ, १६ कार्तिक । टी—२० विश्वकप छनोट प्रतियोगितामा बिहीबार नेपाल र ओमानबिच समूहगत चरणको खेल भइरहेको छ ।

नेपालले टस जितेर ओमानलाई पहिलो ब्याटिङको निम्तो दिएको छ । पहिले ब्याटिङ गरेको ओमानले लगातार आफ्नो पाँचौँ र छैटौँ विकेट गुमाएको छ ।ओमानको पाँचौँ विकेट स्पिनर सन्दीप लामिछानेले लिए ।

उनले ओमानका ब्याट्सम्यान आयान खानलाई १८ रनको व्यक्तिगत स्कोरमा पेभेलियन फर्काए । सन्दीपले आयानलाई बोल्ड गरेका हुन् । आयानले पेभेलियन फर्किनुअघि २५ बलमा दुई चौका हिर्काएका थिए ।

त्यसलगत्तै अर्को बलमा सन्दीपले मेहरान खानलाई एलबीडब्लूको धरापमा पारेका थिए । ओमानले १३।२ ओभरमा ८७ रन बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ मंसिर । भारतीय गायक अरिजित सिंहले नेपाली झन्डा ओढेर नेपालमा गीत गाएको सन्दर्भलाई लिएर राजेशपायल राईले प्रतिक्रिया दिएका छन्

काठमाडौँ, ११ मंसिर । सोमबारदेखि छायांकन सुरु भएको फिल्म ‘यो मन त मेरो नेपाली हो’लाई पूर्वराजा ज्ञानेन्द्र शाहले शुभकामना दिएका

काठमाडौँ, ११ मंसिर । विनोद पौडेलको निर्देशन रहने फिल्म ‘ह्यापिएस्ट म्यान इन द वर्ल्ड’मा अभिनेता हरिवंश आचार्य अनुबन्धित भएका छन्

नयाँ दिल्ली, १० मंसिर । हिन्दी सिनेमाका सुपरस्टार अभिताभ बच्चनले जुहुस्थित बंगला ‘प्रतीक्षा’ आफ्नी छोरी श्वेता नन्दाको नाममा गरिदिएका छन्