संयुक्त राष्ट्र सङ्घद्वारा गाजाको सबैभन्दा ठूलो शरणार्थी शिविरमा भएको आक्रमणको निन्दा

एजेन्सी, १६ कार्तिक । संयुक्त राष्ट्रसङ्घले गाजाको सबैभन्दा ठूलो शरणार्थी शिविरमा गरिएको आक्रमणको निन्दा गरेको छ ।

हमासका लडाकु समूहका कमाण्डरलाई लक्षित गरी इजरायलले गाजाको शरणार्थी शिविरमा गरेको आक्रमणमा ११ जनाभन्दा धेरै सैनिकको ज्यान गएको छ । त्यस्तै सर्वसाधारणले ज्यान गुमाएका छन् ।

घटनाको संयुक्त राष्ट्रसङ्घले भर्त्सना गरेको हो । संयुक्त राष्ट्रसङ्घका मानवीय सहायता प्रमुख मार्टिन ग्रिफिथ्सले एक वक्तव्यमार्फत् गाजामा युद्ध अझ डरलाग्दो चरणमा प्रवेश गरेको टिप्पणी गर्नुभएको छ।

यसैबीच, जोर्डनले पनि आक्रमणको विरोधमा आफ्नो राजदूतलाई तत्काल फिर्ता बोलाउने जनाएको छ ।

जोर्डनका विदेशमन्त्री अयमान सफादीले इजरायलका लागि जोर्डनका राजदूतलाई तत्काल फिर्ता बोलाउने निर्णय गरेको विदेश मन्त्रालयलाई उद्धृत गरी अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भक्तपुर, ४ माघ । भक्तपुरमा एक पुरुष मृतावस्थामा फेला परेका छन् । शुक्रबार बिहान मध्यपुर ठिमी नगरपालिका वडा नं. १

काठमाडौँ, ४ माघ । सोलुखुम्बुबाट हराएका एक विदेशी नागरिकलाई प्रहरीले उद्धार गरेको छ । बाटो बिराएर हराएका जर्मनी नागरिकलाई उद्धार

काठमाडौँ, ४ माघ । सङ्खुवासभाबाट ज्यान मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका अनुसार खाँदबारी

काठमाडौँ, ४ माघ । रुपन्देहीको सियारी गाउँपालिका–७ हिरागञ्जस्थित न्यु कामना इँटा उद्योगमा कार्यरत एक मजदुरको कुटपिटबाट मृत्यु भएको छ ।