एकै खेलमा शतक र ५ विकेट लिने खेलाडीलाई २० लाख दिने डिसहोमको घोषणा

काठमाडौँ, १५ कार्तिक । डिसहोम फाइबरनेटले एसियातर्फको टी–२० विश्वकप छनौट प्रतियोगितामा खेल्ने खेलाडीलाई नगद प्रोत्साहनको घोषणा गरेको छ । डिसहोमले आज आफ्नो फेसबुक पेजमार्फत विश्वकप छनौटमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई नगद प्रोत्साहनको घोषणा गरेको हो ।

कम्पनीका अनुसार एकै खेलाडीले एउटै खेलमा शतक प्रहार गर्दै ५ विकेट पनि लिएमा २० लाख रुपैयाँ पाउनेछन् । तर, प्रतियोगिता एउटै खेलाडीले शतक प्रहार गर्दै ५ विकेट लिन प्राविधिकरुपमा कठिन मानिन्छ । शतकमात्रै प्रहार गर्ने खेलाडीलाई १० लाख रुपैयाँ उपलब्ध गराउने डिसहोमको घोषणा छ ।

५ विकेट लिने खेलाडीलाई ५ लाख रुपैयाँ र अर्धशतक प्रहार गर्ने खेलाडीलाई १ लाख रुपैयाँ दिने कम्पनीको घोषणा छ । यस्तै, एउटै खेलमा ३ विकेट लिनेलाई १ लाख, ३५ रन प्रहार गर्नेलाई ५० हजार र ३ क्याट वा स्टम्प गरेमा ५० हजार रुपैयाँको घोषणा कम्पनीले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ असोज । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  ४ समस्याग्रस्त सहकारीको २२३ जनाको बचत फिर्ता गरेको छ। समितिका अनुसार शिव

काठमाडौँ, १६ असोज । चाडपर्व नजिकिएसँगै धरान उपमहानगरपालिका–१३ स्थित कृषि उपज बजारमा खसीबोकाको कारोबार बढेको छ । कोशी प्रदेशका पहाडी

काठमाडौँ, १६ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, १६ असोज । नेपाल विद्युत् प्राधिकरणले विद्युत् दुर्घटनामा परी गम्भीर घाइते भएका रामेछापका विनोद तामाङलाई उपचार खर्चसहित १७ लाख ७८