बोलिभियाले इजरायलसँग तोड्यो कूटनीतिक सम्बन्ध 

एजेन्सी, १५ कार्तिक । ल्याटिन अमेरिकी राष्ट्र बोलिभियाले इजरायलसँग कूटनीतिक सम्बन्ध तोड्ने घोषणा गरेको छ ।

इजरायलले गाजामा आक्रमण गरी हजारौँ निर्दोष प्यालेस्टाइनी नागरिकको हत्या गरेको कारण उससँगको कूटनीतिक सम्बन्ध तोड्ने निर्णय गरिएको बोलिभियाका उपविदेशमन्त्री फ्रेडी ममानीले बताएका छन् ।

उनले इजरायलको कदमलाई ‘आक्रामक’ बताएका छन् । बोलिभिया ल्याटिन अमेरिकाको पहिलो देश हो, जसले जारी इजरायल–हमास युद्धका कारण इजरायलसँग कूटनीति सम्बन्ध तोड्ने घोषणा गरेको छ ।

बोलिभियाले यसअघि गाजामा युद्धविरामको लागि आह्वान गरेको थियो र गाजामा मानवीय सहायता पठाउने घोषणा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ माघ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग नेपालका लागि जापानका राजदूत मायदा तोरूले शिष्टाचार भेट गरेका छन्

काठमाडौँ, २८ माघ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सामाजिक सञ्जाल नियमन गर्ने विधेयक हुबहु पारित हुन नसक्ने बताएका छन्

काठमाडौँ, २८ माघ । प्रतिनिधि सभाको बैठक १ बजेदेखि सुरु भएको छ ।  प्रत्यक्ष प्रसारण (LIVE)

काठमाडौँ, २८ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले नागरिकलाई सहज र सरल सेवा दिने सम्बन्धमा थप