क्यानडामा सरकारी मोबाइलमा विच्याट प्रतिबन्धित

एजेन्सी, १४ कार्तिक । क्यानडाले सरकारी मोबाइलहरूमा चिनियाँ प्रविधि कम्पनी टेनसेन्टको म्यासेजिङ एप विच्याट इन्स्टल गर्न बन्देज लगाएको छ । तत्कालैदेखि लागू हुने गरी क्यानडाले यो प्रतिबन्ध लगाएको हो ।

विच्याटलाई सुपर एपको रूपमा हेरिन्छ, म्यासेञ्जरदेखि भुक्तानीसम्म सबै सुविधा यसमा पाइन्छ । तर यो एपमार्फत चीनले विदेशी प्रयोगकर्तामाथि जासुसी गर्न सक्ने भन्दै पश्चिमी देशका सरकारहरूले सुरक्षा चिन्ता जनाइरहेका छन् ।

विच्याट विश्वमा सबैभन्दा धेरै प्रयोग हुने एपमध्ये पर्दछ । चीनमा यो एप सर्वव्यापी नै छ । दक्षिण एसियाली देशहरूमा पनि यो एप निकै लोकप्रिय छ । विच्याटबाट सरकारी सूचनाहरूमा छेडखानी भएको प्रमाण भने अहिलेसम्म नभेटिएको क्यानडाको ट्रेजरी बोर्डकी अध्यक्ष अनिता आनन्दले एउटा विज्ञप्तिमा भनेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ चैत । आज सेयर बजार परिसूचक नेप्से ५८.०५ अंकले घट्दा परिसूचक २५८२.७३ अंकमा झरेको छ । आज बजारमा

काठमाडाैँ, १२ चैत । आइएमई ग्रुप र आईएक्सआई कर्पले रोजगार बजारमा दक्ष जनशक्तिको माग पुरा गर्न काठमाडाँै टेक्निकल स्कुल सञ्चालनमा

काठमाडौँ, १२ चैत । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी माल्दिभ्स पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा भक्तपुर मध्यपुर थिमी

काठमाडौँ, १२ चैत । काठमाडौँ महानगरपालिका-११ किमारी मार्गमा सोमबार लाखौँ रुपैयाँ बराबरको चोरी भएको छ । नेपाल प्रहरीका अनुसार बुद्धिमान