म कलाकार हुँ भन्नेमा स्पष्ट छु : राजेश हमाल

काठमाडौँ, १४ कार्तिक । अभिनेता राजेश हमालले ‘महानायक’ विवादमा प्रष्टीकरण दिएका छन् ।

यसै साता एक टेलिभिजनसँगको अन्तर्वार्तामा उनले आफूले आफूलाई कलाकार ठान्ने बताए । आफूले क्रिटिकल चीज स्वीकार्ने भन्दै हमालले ‘महानायक’ विवाद निकाल्नेप्रति आफ्नो आपत्ति नरहेको बताए । ‘किनकि यो उहाँहरुको स्वतन्त्रता हो,’ उनले भने, ‘आफू को हो भन्ने कुरामा त व्यक्ति आफू स्पष्ट हुनुपर्छ । म एउटा कुरामा एकदम स्पष्ट छु कि म कलाकार हुँ भनेर ।’

उक्त अन्तर्वार्तामा हमाललाई तपाईंले आफूलाई के ठान्नुहुन्छ भनेर प्रश्न सोधिएको थियो । यो प्रश्नमा उनले आफूले आफूलाई कलाकार ठान्ने बताए । उनले महानायक विवाद झिक्ने व्यक्तिको नाम त लिएनन्, तर ‘समय र सन्दर्भ’को हिसाबले उनको यो अभिव्यक्ति अभिनेत्री उषा रजकतर्फ लक्षित भएको बुझ्न कठिन छैन ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ साउन । प्रशान्त महासागरको मध्यभागमा अवस्थित टापु राष्ट्र किरीबाससँग नेपालले कूटनीतिक सम्बन्ध कायम गरेको छ ।   न्युयोर्कस्थित

काठमाडौँ, ३ साउन । गएका दुई वर्ष कर्जा विस्तारमा निर्मम बनेको राष्ट्र बैंकले यस वर्ष भने तुलनात्मक रूपमा खुकुलो नीति

काठमाडौँ, ३ साउन । वाग्मती र आसपासका खोलानालालाई प्रदूषणरहित बनाउन उपत्यकामा घर बनाउँदा अब ‘सेप्टिक ट्यांक’ अनिवार्य गरिएको छ । सर्वोच्च

काठमाडौँ, २ साउन । निष्पक्ष, पारदर्शी र व्यावसायिक भएर काम गर्न गृहमन्त्री रमेश लेखकले प्रहरीलाई निर्देशन दिएका छन् । आज प्रहरी प्रधान