एजेन्सी, १४ कार्तिक । अर्जेन्टिना तथा इन्टर मियामीका फरवार्ड लियोनल मेस्सीले आठौँ पटक पुरुष बालोन डी’ओर अवार्ड जितेका छन् ।
गत वर्ष कतारमा भएको विश्वकपमा आफ्नो देशलाई जिताउन मद्दत गरेपछि पेरिसमा आयोजित समारोहमा ३६ वर्षीय खेलाडीलाई सम्मान गरिएको हो ।
मेस्सीले म्यानचेस्टर सिटीका फरवार्ड एर्लिङ हालान्डलाई पछि पार्दै कीर्तिमानी बालोन डी’ओर अवार्ड जित्न सफल भए । विश्वकपको फाइनलमा अर्जेन्टिनासँग पेनाल्टी सुटआउटमा ४-२ को हारमा ह्याट्रिक गर्ने फ्रान्सका फरवार्ड केलियन एमबाप्पे तेस्रो भए । बालोन डीुओरमा वर्षको उत्कृष्ट फुटबलर चुन्न विश्वभरका १०० पत्रकारहरूले मतदान गरेका थिए ।





