किन ट्रोलको सिकार भए रणवीर र दीपिका ?

एजेन्सी, १३ कार्तिक । कफी विथ करणको ८ औँ सिजनको पहिलो एपिसोडमा रणवीर सिंह पत्नी दीपिका पादुकोणसँग पुगेका थिए । सो एपिसोड प्रसारण भएयता सिंह दम्पती लगातार ट्रोल भइरहेका छन् ।

रणवीरको एउटा पुरानो भिडियो क्लिप अहिले भाइरल भइरहेको छ ।  त्यो भिडियो रणवीर आफ्नी पूर्व गर्लफ्रेन्ड अनुष्का शर्माको साथमा कफी विथ करणमा आउँदाको हो । पछिल्लो एपिसोडमा करणसँग कुराकानी गर्ने क्रममा रणवीरले दीपिका र आफ्नो लभ स्टोरी सुनाएका थिए । दीपिकालाई पहिलो पटक कहाँ अनि कसरी भेटे भनेर उनले सुनाएको कहानी कफी विथ करणको पुरानो एपिसोडमा अनुष्का शर्मासँगको पहिलो भेटको हुबहु व्याख्या थियो ।

२०११ मा रणवीरले के भनेका थिए ?

सन् २०११ मा रणवीर अनुष्कासँग शोमा गएका थिए । भिडियोमा उनले अनुष्काको तारिफ खुलेर गरेका छन् । आफूले रब ने बना दि जोडी हेरेपछि अनुष्काको दिवाना भएको, डिनरका लागि बाहिर जाँदा अनुष्काकै बारे मात्र कुरा गरेको अनि यति नै बेला आफूले अनुष्कालाई देखेको उनको भनाइ थियो । ‘….. त्यति नै बेला ढोका खुल्यो…. हावाको झोका आयो अनि मेरो सामुन्ने अनुष्का शर्मा उभिएकी थिइन् ।’

सिजन ८ मा पनि रणवीरले यही कहानी सुनाए

सिजन ८ को पहिलो एपिसोडमा रणवीरले दीपिकाको प्रशंसा गर्दै भनेका थिए, ‘त्यति बेला दीपिकाको ककटेल रिलिज भएको थियो । त्यो फिल्म हेरेर उसको दिवाना भए । एक दिन सञ्जय लिला भन्सालीको घरमा बसिरहेको थिँए । कुन हिरोइनलाई काष्ट गर्ने भनेर छलफल चलिरहेको थियो अनि अचानक ढोका खुल्यो । बाहिरबाट हावाको झोँका आयो अनि एउटा ठुलो ढोकाबाट दीपिकाको इन्ट्री भयो ।’

यो भिडियो भाइरल भएपछि रणवीर निकै ट्रोल भइरहेका छन् । आफ्नो पुरानो लभ स्टोरीलाई दोहोर्याएर सुनाएको भन्दै धेरैले उनलाई उडाइरहेका छन् । रणवीर र दीपिकाको भेट भन्सालीको फिल्म राम लिलाको सेटमा भएको थियो । यिनीहरूको बिहे सन् २०१८ मा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ मंसिर । भारतीय गायक अरिजित सिंहले नेपाली झन्डा ओढेर नेपालमा गीत गाएको सन्दर्भलाई लिएर राजेशपायल राईले प्रतिक्रिया दिएका छन्

काठमाडौँ, ११ मंसिर । सोमबारदेखि छायांकन सुरु भएको फिल्म ‘यो मन त मेरो नेपाली हो’लाई पूर्वराजा ज्ञानेन्द्र शाहले शुभकामना दिएका

काठमाडौँ, ११ मंसिर । विनोद पौडेलको निर्देशन रहने फिल्म ‘ह्यापिएस्ट म्यान इन द वर्ल्ड’मा अभिनेता हरिवंश आचार्य अनुबन्धित भएका छन्

नयाँ दिल्ली, १० मंसिर । हिन्दी सिनेमाका सुपरस्टार अभिताभ बच्चनले जुहुस्थित बंगला ‘प्रतीक्षा’ आफ्नी छोरी श्वेता नन्दाको नाममा गरिदिएका छन्